Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

फिफा विश्वकप-२०२६ छनोटः दोस्रो खेलमा बहराइनसँग नेपाल पराजित

फिफा विश्वकप-२०२६ छनोटः दोस्रो खेलमा बहराइनसँग नेपाल पराजित

images

इच्छाकामना न्युज

१४, चैत्र २०८०
फिफा विश्वकप-२०२६ छनोटः दोस्रो खेलमा बहराइनसँग नेपाल पराजित
images

काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणअन्तर्गत बहराइनविरुद्धको दोस्रो लेगमा नेपाल ३–० ले पराजित भएको छ । मंगलबार राति बहराइनको बहराइन राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा घरेलु टिमलाई जित दिलाउन सायेद बाकेर मेह्दी, अब्दुल्ला युसुफ र कामिल अल अस्वदले गोल गरे । बहराइनले तीन गोल पहिलो हाफमा गरेको हो ।

खेलको सातौँ मिनेटमा मेह्दीको गोलमा बहराइनले अग्रता बनाएको थियो । १८औँ मिनेटमा युसुफको पेनाल्टी गोलमा बहराइनले अग्रता दोब्बर बनायो । ३६औंँ मिनेटमा अस्वदको गोलमा घरेलु टिमले अग्रतालाई ३-० मा पुर्याएको थियो । यसपछि थप गोल नहुँदा बहराइनले ३-० को जित सुनिश्चित गरेको हो । जितसँगै चार खेलबाट नौ अंक जोडेको बहराइन तालिकाको दोस्रो स्थानमा छ । यसअघि पहिलो लेगमा बहराइनले पहिलो लेगमा नेपालविरुद्ध ५-० को फराकिलो जित निकालेको थियो । समान खेल खेल्दा पनि अंकविहीन नेपाल भने तालिको पुछारमा छ ।

छनोटको दोस्रो चरणमा नेपाल समूह ‘एच’ मा छ । यो समूहमा नेपालसँगै बहराइन, युनाइटेड अरब इमिरेट्स (यूएई) र यमन छन् । नेपालले अब आगामी जुन ६ मा यूएई र जुन ११ मा यमनविरुद्ध खेल्नेछ ।

images
प्रकाशित मिति :चैत्र १४, २०८० बुधवार - ०८:३९:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology