Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना गाउँपालिका र सिएमसी अस्पताल बिच सम्झौता, अब इच्छाकामनावासीलाई उपचार सेवामा २० प्रतिशत छुट हुने

इच्छाकामना गाउँपालिका र सिएमसी अस्पताल बिच सम्झौता, अब इच्छाकामनावासीलाई उपचार सेवामा २० प्रतिशत छुट हुने

images

इच्छाकामना न्युज

७, चैत्र २०८०
इच्छाकामना गाउँपालिका र सिएमसी अस्पताल बिच सम्झौता, अब इच्छाकामनावासीलाई उपचार सेवामा २० प्रतिशत छुट हुने
images

कुरिनटार । चितवन मेडिकल कलेज (सिएमसी)मा इच्छाकामना गाउँपालिकाका नागरिकहरुलाई अस्पतालको सेवामा  छुट हुने भएको छ । 

बुधबार इच्छाकामना गाउँपालिका र सिएमसीबीच अस्पतालका सेवामा छुट दिने सम्बन्धी सम्झौता भएको हो  । सम्झौता अनुसार गाउँपालिकावासीलाई उपचारमा २० प्रतिशत छुट हुने भएको छ । गाउँपालिकाका चेपाङ समुदायलाई भने २५ प्रतिशत छुट दिने सहमति भएको छ ।

सम्झौतामा चितवन मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटा र गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले आज हस्ताक्षर गर्नुभयो । सम्झौतामा सिएमसीले ईच्छाकामनाको ईमेल मार्फत् अस्पतालमा विवरणहरु इन्ट्री गर्ने साईट उपलब्ध गराउने छ । उक्त साइटमा इन्ट्री भएका सम्पूर्ण गाउँपालिकावासीको फोटो खिचाई पालिकाले कार्ड प्रिन्ट गराउन सक्ने व्यवस्था गरिएको छ ।

सोही कार्डका आधारमा सिएमसीले उपचार सेवाहरुमा २० प्रतिशत छुट दिनेछ । तर सीमान्तकृत चेपाङ जातिको हकमा २५ प्रतिशत रकम छुट दिने सम्झौता भएको प्रमुख प्रशासक देवकोटाले जानकारी दिनुभयो । अस्पतालको फार्मेसीले ७ प्रतिशत छुट दिने पनि सम्झौतामा उल्लेख छ । इमर्जेन्सी र ओपिडी टिकमा समेत छुट लागू हुने उहाँले जानकारी दिनुभयो । कार्ड प्राप्त नभएमा वडा र गाउँपालिकाको सिफारिसमा यस्तो छुट सुविधा दिने सम्झौता भएको छ ।

यसैगरी सिएमसीको भगिनी संस्था रोयल क्यान्सर इन्स्टिच्यूटमा सञ्चालित सिटिईभिटीको पढाईमा उक्त पालिकावासी विद्यार्थीलाई १० प्रतिशतसम्म छुट लागि सिफारिस गर्ने दुवै पक्षबीच सम्झौता भएको प्रमुख प्रशासक देवकोटाले कान्तिपुर हेल्थलाई जानकारी दिनुभयो ।
यसैगरी गाउँपालिकाले आफ्नो कार्यालय र वडा कार्यालयहरुमा सर्वसाधारणले देख्ने गरी ‘मेडिकल पार्टन चितवन मेडिकल कलेज (सिएमसी)” उल्लेख गरेको बोर्ड राख्नु पर्ने छ । यसैगरी गाउँपालिकाले स्वास्थ्य सम्बन्धी कुनै कार्यक्रम सञ्चालन गर्नु परेमा सिएमसीले स्वास्थ्य जनशक्ति उपलब्ध गराउने सम्झौता भएको अध्यक्ष गुरुङले बताउनुभयो । वैशाख १ गतेबाट लागू हुने यो सम्झौता ०८४ वैशाख ३० गतेसम्म मान्य उहाँले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :चैत्र ७, २०८० बुधवार - २१:५०:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology