Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामनामा ५० प्रतिशत अनुदानमा वडावडामा मकैको बिउ वितरण 

इच्छाकामनामा ५० प्रतिशत अनुदानमा वडावडामा मकैको बिउ वितरण 

images

इच्छाकामना न्युज

५, चैत्र २०८०
इच्छाकामनामा ५० प्रतिशत अनुदानमा वडावडामा मकैको बिउ वितरण 
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाले किसानहरुलाई अनुदानमा मकैको बिउ वितरण गरेको छ । मकै लगाउने सिजन सुरु भएसँगै गाउँपालिकाको कृषि शाखाले केहि दिन यता किसानहरुको लागि मकैको बिउ वितरण सुरु गरेको हो ।

432493179_122132573108195329_1294031372771391200_n.jpg

गाउँपालिकाले किसानहरुलाई खाद्यान्न बालीको उन्नत बीउ उपयोगमा अनुदान कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा मकैको बिउ वितरण गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख आशिष त्रिपाठीले जानकारी दिए । उनका अनुसार अहिलेसम्म गाउँपालिकाले करिब ५५ क्विन्टल मकैको बिउ वितरण गरिसकिएको छ ।

432466547_122132573426195329_7740902795995574834_n.jpg

अनुदान कार्यक्रम अन्तर्गत प्रतिकेजी १२० रुपैयाँ लागतको मकैको बिउको लागि किसानहरुले ६० रुपैयाँ र गाउँपालिकाले ६० रुपैयाँ लागत व्यहोरेको उनले बताए । गाउँपालिकाको ७ वटै वडामा वडाकार्यालयबाटै वितरण भैरहेको पनि शाखा प्रमुख त्रिपाठीले जानकारी दिए ।

432457077_122132573564195329_5417272093880421502_n.jpg

images
प्रकाशित मिति :चैत्र ५, २०८० सोमवार - ११:५४:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology