Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनी गाउँपालिकाको शिक्षामा अर्को कदम : सामुदायिक विद्यालयमा पढ्ने छात्राहरुलाई १ हजार रकम सहितको बचत खाता

आँबुखैरेनी गाउँपालिकाको शिक्षामा अर्को कदम : सामुदायिक विद्यालयमा पढ्ने छात्राहरुलाई १ हजार रकम सहितको बचत खाता

चित्र बहादुर गुरुङ

३०, फाल्गुण २०८०
आँबुखैरेनी गाउँपालिकाको शिक्षामा अर्को कदम : सामुदायिक विद्यालयमा पढ्ने छात्राहरुलाई १ हजार रकम सहितको बचत खाता
images

आँबुखैरेनी । सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण बढाउदै शिक्षा गुणस्तर वृद्विमा उल्लेखनीय काम गर्दै आईरहेको तनहुँको आँबुखैरेनी गाउँपालिकाले फेरी अर्को कदम चालेको छ । जस अन्तर्गत गाउँपालिकाले आगामी शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा भर्ना हुने सबै छात्राहरुलाई न्युनतम १ हजार रुपैयाँको मौज्दात भएको बैंक खाता संचालन गरिदिने भएको छ । 

images
images

गाउँपालिकाले सामुदायिक विद्यालयमा छात्राहरुको आकर्षण बढाउनका लागि छात्रा बचत खाता संचालन कार्यक्रम ल्याउन लागिएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी शैक्षिक सत्र २०८१ बाट गाउँपालिकाले यो कार्यक्रम लागु गरिनेछ ।

विशेष गरेर छात्राहरुको वर्तमान र भविष्यको लागि सहयोग पुगोस् भन्ने उद्देश्यका साथ यो योजना संचालनमा ल्याउन लागिएको उहाँले बताउनुभयो । ‘यो कार्यक्रमले सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण बढ्नुको अलावा विद्यार्थीहरुलाई सानैदेखि बचत गर्ने बानीको विकाश गर्न सक्छौ र हाल विद्यालयहरुमा संचालित शिक्षासँग उत्पादन कार्यक्रमबाट विद्यार्थीहरुले गरेको आम्दानीलाई बचतमा जोड्न सक्छौ’ –उहाँले भन्नुभयो ।

यो कार्यक्रमको लागि सुरुवातमा करिब २५ लाख रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको पनि उहाँले बताउनुभयो । 

आँबुखैरेनी गाउँपालिकामा ३५ वटा सामुदायिक विद्यालयहरु छन् । जुन विद्यालयमा करिब २५ सय छात्राहरु अध्ययन गर्दछन् । गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुुणस्तर वृद्विका लागि जनप्रतिनिधि, कर्मचारी, शिक्षक लगायतको छोराछोरी सामुदायिक विद्यालयमै पठाउनुपर्ने, विधालयलाई गाडीको व्यवस्था, सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकको स्वास्थ्य बिमा, कर छुट लगायतका थुप्रै कामहरु गरेका छन् । 

images
प्रकाशित मिति :फाल्गुण ३०, २०८० बुधवार - ०९:५१:५५ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology