Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

नेपाल निवृत्त शिक्षक समाज इच्छाकामनाको अध्यक्षमा पुनः कृष्णप्रसाद पोखरेल चयन

नेपाल निवृत्त शिक्षक समाज इच्छाकामनाको अध्यक्षमा पुनः कृष्णप्रसाद पोखरेल चयन

images

इच्छाकामना न्युज

२७, फाल्गुण २०८०
नेपाल निवृत्त शिक्षक समाज इच्छाकामनाको अध्यक्षमा पुनः कृष्णप्रसाद पोखरेल चयन
images

चुम्लिङटार । नेपाल निवृत्त शिक्षक समाज इच्छाकामनाको अध्यक्षमा पुनः कृष्णप्रसाद पोखरेल चयन भएको छ । समाजको शनिबार सम्पन्न दोस्रो अधिवेशन तथा चौथो साधारण सभाले अध्यक्षमा पुनः पोखरेललाई चयन गरेको हो । 

समाजको नवगठित कार्यसमितिको उपाध्यक्षमा बलराम सिलवाल, सचिव विष्णुप्रसाद सापकोटा, कोषाध्यक्षमा थानेश्वर काप्री, सदस्यहरुमा मधुविलास अधिकारी, श्रीरेन्द्रप्रकाश पोखरेल र कृष्णप्रसाद सिलवाल चयन भएका छन् । 

अध्यक्ष कृष्णप्रसाद सिलवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ प्रमुख अतिथि रहुनभएको थियो भने गाउँपालिका उपाध्यक्ष माया सिलवाल, नेपाल निवृत्त शिक्षक समाज बागमती प्रदेश उपाध्यक्ष तथा जिल्ला सचिव एकराज शर्मा, गाउँपालिका प्रवक्ता एवं वडा नं. ३ का वडाध्यक्ष नरबहादुर नेपाल, वडा नं. ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेती  लगायतको उपस्थिति रहेको थियो । 

images
प्रकाशित मिति :फाल्गुण २७, २०८० आइतवार - ०९:१९:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology