कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकामा अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा र्याली र अन्तरक्रिया गरी मनाईएको छ । दिवसको अवसरमा शुक्रबार गाउँपालिकाको आयोजनामा कुरिनटारमा र्याली र अन्तरक्रिया गरीएको हो ।

महिलामा लगानी सभ्य र सम्मुनत समाजको थालनी भन्ने मुल नाराका साथ इच्छाकामना गाउँपालिकाको आयोजनामा र्याली र अन्तरक्रिया गरि महिला दिवस मनाईएको गाउँपालिकाका उपाध्यक्ष माया सिलवालले जानकारी दिनुभयो । उहाँका अनुसार महिला दिवसको अवसरमा कुरिनटारचोक देखि गाउँपालिकासम्म र्यालीको आयोजना गरिएको थियो भने गाउँपालिकाको सभाहलमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।
गाउँपालिकाका उपाध्यक्ष माया सिलवालको सभापत्विमा सम्पन्न कार्यक्रममा राष्ट्रिय सभा समितिका पूर्व सभापति पार्वती रावल प्रमुख अतिथि रहनुभएको थियो भने बागमती प्रदेशका सांसद कृष्णप्रसाद सिलवाल, गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेत लगायतको उपस्थिति रहेको थियो ।