Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सर्जक रविन गुरुङको खै त शिरफूल बजारमा (भिडियो सहित)

सर्जक रविन गुरुङको खै त शिरफूल बजारमा (भिडियो सहित)

इच्छाकामना न्युज

२१, फाल्गुण २०८०
सर्जक रविन गुरुङको खै त शिरफूल बजारमा (भिडियो सहित)
images

काठमाडौ । सर्जक रविन गुरुङले ‘खै त सिरफूल’ नामक कौरा गीतको म्युजिक भिडियो बजारमा ल्याएको छ । लामो समयदेखि नेपाली लोक सङ्गीतमा ख्याति कमाएका गुरुङले पछिल्लो समय उत्त गीत बजारमा ल्याएको हो । सर्जक गुरुङले दर्जनौ लोक गीतको म्युजिक भिडियोमा अभिनय समेत गरिसकेका छन् । गुरुङ लोक सङ्गीत क्षेत्रको परिचित अनुहार समेत हुन् । विशेष गरि टिपिकल लोक सङ्गीतमा गुरुङको रुची रहेको छ । 

images
images


गुरुङले गत शनिबार एक औपचारिक कार्यक्रम मार्फत आफ्नो म्यूजिक भिडियोलाई युट्युव च्यानल मार्फत बजारमा प्रस्तुत गरेको हो । उत्त गीतमा स्वर मुकेश पुलामी मगर र हेमा पुलामीको रहेको छ । त्यस्तै शब्द रविन गुरुङ स्वयमको रहेको छ भने, सङ्गीत मुकेश पुलामी मगरको रहेको छ । म्युजिक भिडियोको अभिनयमा, आनन्द गुरुङ, रविन गुरुङ, सन्देश गुरुङ, पूर्णीमा गुरुङ, रिना गुरुङ र मुना गुरुङ रहेको छ । 


म्युजिक भिडियोको छायाङ्कन गोरखा र धादिङको सङ्गम स्थल बेनिघाट आसपास गरेको हो । गोरखाको गण्डकी गाउँपालिकामा जन्मियको गुरुङ लामो समयदेखि गीत सङ्गीतलको संरक्षणमा जुट्दै आएको छ । 

https://www.youtube.com/watch?v=rF9gfxDTOIc

images
प्रकाशित मिति :फाल्गुण २१, २०८० सोमवार - २१:३२:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology