कालिखोला । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ कालिखोलामा रहेको देविभञ्ज्याङ राष्ट्रिय आधारभुत विद्यालय कालिखोलाले ३० औं वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । बिहिबार विद्यालय प्राङ्गणमै एक कार्यक्रमको आयोजना गरि विद्यालयले ३० औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रुपमा मनाएको हो ।

इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ प्रमुख अतिथि रहनुभएको कार्यक्रममा इच्छाकामना ६ का वडाध्यक्ष लक्ष्मण चेपाङ, निवर्तमान वडाध्यक्ष भुपेन्द्र चेपाङ, मर्स्याङ्दी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष किशोर गुरुङ, व्यवस्थापक कुमार श्रेष्ठ, राआवि पैरेनीका प्रध्इानाध्यापक देब कुमार गुरुङ लगायतको सहभागीता रहेको विद्यालयका प्रध्यानाध्यापक ज्ञानुदेवी पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार हाल कक्षा ७ सम्म पठनपाठन भैरेहेको विद्यालयमा आगामी शैक्षिक सत्रदेखि कक्षा ८ को पनि पठनपाठन सुरु गरिनेछ ।
कार्यक्रमलाई सम्बोन्धन गर्ने क्रममा प्रमुख अतिथि इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले विद्यालयलाई आवश्यक सबै सहयोग गाउँपालिकाले गर्ने बताउनुभयो ।