Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

शिवरात्रिमा तीन नेपाली चलचित्रको महाभिडन्त हुदै

शिवरात्रिमा तीन नेपाली चलचित्रको महाभिडन्त हुदै

इच्छाकामना न्युज

१७, फाल्गुण २०८०
शिवरात्रिमा तीन नेपाली चलचित्रको महाभिडन्त हुदै
images

काठमाडौं । हिन्दी फिल्मसँग बजार प्रतिस्पर्धामा डराउने नेपाली निर्माताहरू आपसमा भने सधैँ भिड्न तयार हुन्छन् । अझ कुनै राम्रो मिति पर्नुपर्छ, दुई–तीन वटै नेपाली फिल्म आपसमा भिड्ने गर्दछन् ।

images
images

फागुन २५ गते शिवरात्रिकै मौका छोपेर तीन वटा नेपाली फिल्म प्रदर्शन हुँदैछन् । शिवरात्रि र त्यसपछिका केही दिन सार्वजनिक बिदा परेकाले यो मितिमा फिल्म रिलिज गर्ने होड चलेको हो ।

नेपाली चलचित्र ‘काँडेतार’, ‘उपहार’ र ‘रङ्गेली’ एक साथ प्रदर्शनमा आउन लागेका हुन् । फागुनको पहिलो साता अर्थात् ४ गते शुक्रबार प्रदर्शनमा आएको फिल्म ‘जिग्री’ले दर्शक पाउन सकेन । ११ गते प्रदर्शनमा आएको ‘गोर्खा वारियर’को पनि अपेक्षा गरेजस्तो व्यवसाय भएन । यस्तो अवस्थामा २५ गते तीन वटा फिल्म एक साथ प्रदर्शनमा आउन थालेका हुन् ।

शिवरात्रिकै मौका छोपेर सबैभन्दा पहिला ‘काँडेतार’ले प्रदर्शनको घोषणा गरेको थियो । त्यसपछि ‘उपहार’ र ‘रङ्गेली’ थपियो । सिङ्गल रिलिजमा फिल्मको व्यवसाय राम्रो हुन नसकेको समय तीन वटा चलचित्र आपसमा प्रतिस्पर्धा गर्न उत्रिएपछि लगानी सुरक्षित नहुने जोखिम बढेको छ ।

images
प्रकाशित मिति :फाल्गुण १७, २०८० बिहिवार - ०९:४९:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology