खेतबारी । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ७ खेतबारीमा रहेको सोमरी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा पूनः मनिराज गुरुङ चयन भएको छ । शनिबार सम्पन्न समूहको १२ औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले अध्यक्षमा पूनः गुरुङलाई चयन गरेको हो । पुनः अध्यक्षमा चयन भएका गुरुङको यो तेस्रो कार्यकाल हो ।

समूहको अन्य पदाधिकारीहरु मध्य वरिष्ठ उपाध्यक्षमा कुमार गुरुङ, उपाध्यक्षमा चन्द्रकुमारी चेपाङ, सचिवमा देवीलाल गुरुङ, सह–सचिवमा प्रकाश मगर र कोषाध्यक्षमा देउमती चेपाङ चयन भएको छ ।

यस्तै समूहको सदस्यहरुमा सरस्वती चेपाङ, माईली गुरुङ, सीता गुरुङ, मन्जु चेपाङ, भीमराज गुरुङ, तेज बहादुर मगर, फुलमाया चेपाङ, रेशमलाल मगर र सानीमाया चेपाङ रहेका छन् ।

यसैगरी लेखा समितिको संयोजकमा शिवकुमार गुरुङ, सदस्यहरुमा फुलमती चेपाङ र लालमाया गुरुङका साथै अनुगमन समितिको संयोजकमा रेशम राना मगर, संगीता चेपाङ र कुमारी गुरुङ रहेका छन् ।

