आँबुखैरेनी । ‘उद्योग, व्यापार, पर्यटन र कृषिको प्रवर्द्नन, स्थानीय कला र सँस्कृतीको सरक्षण’ भन्ने मुल नाराका साथ तनहुँ उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाई समितिको आयोजनाम बिहिवार देखि दोस्रो आँबुखैरेनी महोत्सव–२०८० सुरु भएको छ । आँबुखैरेनी गाउँपालिका–३, स्थित छबिसे टोलमा आगामी फागुन २० गते सम्म संचालन हुने महोत्सवको एक समारोहकाबिच प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ किसानले सम्उद्घाटन गर्नुभएको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै पुर्व श्रम तथा रोजगार मन्त्री समेत भैसक्नुभएका श्रेष्ठले यस महोत्सवले यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन र कृषिको प्रवर्द्नन, स्थानीय कला र सँस्कृतीको सरक्षणमा विशेष टेवा पुर्याउनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ । उक्त समारोहमा गण्डकी प्रदेश सरकारका सांसद तथा गण्डकी प्रदेश सरकारका पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमान, आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान, उद्योग वाणिज्य संघ गण्डकीका प्रतिनिधि, तनहुँ उद्योग वाणिज्य संघ जिल्ला कार्य समितिका प्रतिनिधि लगाएतकाले महोत्सवको भव्य सफलताको शुभकामना व्यक्त गरेका छ्न ।
सो अवसरमा तनहुँ उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाई समितिले प्रकाशन गरेको स्मारिका कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरुबाट बिमोचन गरिएको छ ।
महोत्सवको प्रमुख आकर्षकको रूपमा धार्मिक तथा ऎतिहासिक स्थलको अवलोकन, पर्यटकीय एवं रमणीय स्थलको अवलोकन, साँस्कृतिक प्रर्द्शनी, उद्योगधन्दा तथा विधुत उत्पादन केन्द्रको अध्ययन अवलोकन, आँबुखैरेनी–छिम्केश्वरी २ दिने भ्रमण, साँस्कृतिक झाँकी सहितको पदयात्रा, राष्ट्रिय ख्याती प्राप्त कलाकारहरु द्वारा सांगेतिक कार्यक्रम, दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रदर्शनी एवं खरिद बिक्री, विभिन्न जातिय पहिचान झल्किने झाँकी र स्थानीय खानाका परिकार, हस्तकला (चित्रकला) वस्तुकलाको प्रदर्शनी तथा बिक्रि, रमाइलो खेल तथा मनोरञ्जन लगाएतका रहेका छ्न ।
यस महोत्सवबाट आयोजकले ४ करोड बराबरको आर्थिक कारोबार गर्ने र ८० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने लक्ष्य राखेको महोत्सव मुल समारोह समितिका संयोजक भगवान श्रेष्ठले जानकारी दिनुभएको छ ।