Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

आजदेखि दोस्रो आँबुखैरेनी महोत्सव सुरु हुदै, संघिय सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ले समुद्घाटन गर्ने

आजदेखि दोस्रो आँबुखैरेनी महोत्सव सुरु हुदै, संघिय सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ले समुद्घाटन गर्ने

images

इच्छाकामना न्युज

१०, फाल्गुण २०८०
आजदेखि दोस्रो आँबुखैरेनी महोत्सव सुरु हुदै, संघिय सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ले समुद्घाटन गर्ने
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनीमा आजदेखि ‘दोस्रो आँबुखैरेनी महोत्सव–२०८०’ सुरु हुदैछ । तनहुँ उद्योग वाणिज्य संघ इकाई समिति आँबुखैरेनीको आयोजनामा महोत्सव सञ्चालन हुन लागेको हो ।

महोत्सवको समुद्घाटन संघिय सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ले गर्ने कार्यक्रम रहेको महोत्सव संयोजक एवं तनहुँ उद्योग वाणिज्य संघ इकाई समिति आँबुखैरेनी सभापति भगवान श्रेष्ठले जानकारी दिए । उनका अनुसार महोत्सवको सम्पूर्ण तयारी पूरा भएको र समुद्घाटन अहिले ११ बजे हुनेछ । समुद्घाटनको पूर्व सन्ध्यामा झाँकी सहितको ¥याली समेतको आयोजना गरिएको छ । 

‘उद्योग, व्यापार, पर्यटन र कृषिको प्रवद्र्धन, स्थानीय कला र संस्कृतिको संरक्षण’ भन्ने नाराका साथ सुरु हुन गैरहेको महोत्सवमा सांस्कृतिक प्रद्धर्शनी, धार्मिक एवम ऐतिहासिक स्थलको अवलोकन, कृषि तथा पशु फार्म अवलोकन, उद्योग तथा विद्युत उत्पादन केन्द्रको अध्ययन अवलोकन मुख्य आकर्षणको रुपमा रहेको छ ।

त्यस्तै आँबुखैरेनीदेखि छिम्केश्वरीसम्मको दुई दिने प्याकेज भ्रमणको व्यवस्था समेत रहेको सभापति श्रेष्ठले जानकारी दिए । महोत्सवमा विभिन्न जातजातीहरूको संस्कृति, भेषभुषा, खानपानको प्रर्दशनीसँगै विविध लोक साँस्कृतिक कार्यक्रम र खेलकुद प्रतियोगिता समेत हुने बताइएको छ । लोकसंस्कृतीको जर्गेनासँगै पर्यटन प्रवद्र्धन गर्ने महोत्सवको मुख्य उदेश्य रहेको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार महोत्सवमा १ सय ५० वटा स्टल छन् । करिब ७५ हजार दर्शकले महोत्सवको अवलोकन गर्ने अनुमान गरिएको महोत्सवबाट ४१ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिइएको छ ।

महोत्सवमा करिब ४ करोड ५० लाख बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । टिकट शुल्क सर्वसाधरणका लागी ८०, विद्यार्थीको हकमा ५० रुपैया निर्धारण गरिएको छ । अपाङ्गता भएकाहरुलाई भने निःशुल्क प्रवेशको व्यवस्था हुने बताइएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १०, २०८० बिहिवार - ०९:३०:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology