ताङ्लीचोक । गोरखाको गण्डकी गाउँपालिकाले गुणस्तर नियन्त्रण तथा सुनिश्चितता सम्बन्धि ३ दिने क्षमता विकास तालिम सम्पन्न गरेको छ । वडा नम्बर २ ताङ्लीचोकमा तालिम सम्पन्न भएको हो ।
गाउँपालिकाको आयोजनामा गाउँपालिका भित्र कार्यरत सम्पुर्ण प्राविधिक कर्मचारीहरुलाई गुणस्तर नियन्त्रण तथा सुनिश्चितता सम्बन्धि ३ दिने क्षमता विकास तालिम प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका उपाध्यक्ष ललिता अधिकारीले मंगलबार तालिमको एक कार्यक्रमकबिच समापन गर्नुभएको हो ।
भवन नियमन तथा भौतिक पूर्वाधार विशेषज्ञ ई. तारापति भट्टराई र लेखा अधिकृत बुद्धि प्रसाद सुबेदी तालिमको प्रशिक्षकको रुपमा रहनुभएको थियो । तालिम फागुन ६ गतेदेखि ८ गते सम्म तीन दिन चलेको थियो ।