Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

फागुन १३ गतेदेखि इच्छाकामनाका १० हजार भन्दा बढि बालबालिकालाई दादुरा खोप लगाईने

फागुन १३ गतेदेखि इच्छाकामनाका १० हजार भन्दा बढि बालबालिकालाई दादुरा खोप लगाईने

images

इच्छाकामना न्युज

९, फाल्गुण २०८०
फागुन १३ गतेदेखि इच्छाकामनाका १० हजार भन्दा बढि बालबालिकालाई दादुरा खोप लगाईने
images

कुरिनटार । चितवनको इच्छाकामनामा फागुन १३ गतेदेखि बालबालिकाहरुलाई दादुरा– रुबेला विरुद्धको खोप लगाइने भएको छ । नौ महिनादेखि १५ बर्ष उमेर समूहका बालबालिकाहरुलाई  खोप लगाउन लागिएको हो ।  

फागुन १३ गतेदेखी फागुन २२ गते सम्म  सञ्चालन हुने खोप अभियानमा इच्छाकामनाका १० हजार ५६जना बालबालिकाहरुलाई खोप लगाइने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य निरीक्षक  हरि देवकोटाले  बताउनुभयो । अभियान अन्तरगत मंगलबार गाउँपालिका कार्यालयमा आयोजना गरिएको पालिका स्तरीय खोप समन्वय समितिको बैठक तथा अभिमूखीकरणमा सो जानकारी गराइएको हो ।  

उहाँका अनुसार ५२ वटा विद्यालय र १२ वटा स्वास्थ्य केन्द्र गरि ६४ वटा खोपकेन्द्र मार्फत खोप लगाइने छ । अभियानको क्रममा विगतमा खोप लगाउन छुटेका  ९ महिनादेखि ५ बर्ष मुनिका बालबालिकालाई   डिपिटि, पिसिभी र आईपिभि खोप लगाइने उहाँले बताउनुभयो । खोप अभियानका लागि आवश्यक पर्ने सामाग्रीहरु सबै स्वस्थ्य केन्द्रका प्रमुखहरु मार्फत हस्तान्तरण गरिसकेको उहाँले बताउनुभयो ।उहाँका अनुसार वडा स्तरीय  खोप समन्वय समितिलाई अभिमूखीकरण तालिम  दिइने छ ।  साथै उहाँले  सूचना प्रवाह  गर्न सञ्चार माध्यममा सुचना प्रशारण लगायत  क्लब  आमा समूह, टोल विकास संस्था लगायतलाई यस अभियानमा परिचालन गरिने बताउनुभयो । 

जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य निरीक्षक पुर्षोतम अर्यालले गत बर्षमा बालबालिकामा दादुरा(रुबेला  सङ्क्रमण देखापरेपछि राष्ट्रिय रुपमा देशभर खोप अभियान सञ्चालन गरिएको  बताउनुभयो ।  दादुरा–रुबेला  उन्मूलनको अन्तिम चरणमा आइपुग्दा  यो रोग देखापरेपछि  पुन  देशभर खोप अभियान सञ्चालन गरिएको बताउनुभयो । चितवनमा पनि ५२ जनामा देखा परेको उहाँले बताउनुभयो । 

उहाँका अनुसार चितवनमा  विसं २०७९ मङ्सिर ३ गते देखि २०८० पुस १५ गते सम्म ५२ जनामा दादुरा–रुबेला रोगको सङ्क्रमण देखिएको हो । जिल्लामा भेटिएका सङ्क्रमितमध्ये अधिकांश इच्छाकामना गाउँपालिकाका रहेका रहेका छन् ।केही सङ्ख्यामा राप्ती नगरपालिकामासमेत यो रोगको सङ्क्रमण रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । 

गाउँपालिका उपाध्यक्ष माया सिलवालले खोप अभियान सफल पार्नका लागि स्वास्थ्यकर्मी,कर्मचारी, वडाध्यक्ष लगायत सबै जनप्रनिधिहरुलाई लागी पर्न आग्रह गर्नुभयो ।  यस अभियानमा सबै बालबालिकाहरुलाई समावेश गराउन जनप्रतिनिधिहरुले सहजीकरण गर्न आवश्यक हुने उहाँको भनाई छ । जनप्रतिनिधिले भनेको अभिभावकहरुले मान्ने भन्दै सहजीकरण गर्न आग्रह गर्नुभएको हो । कार्यक्रममा जनप्रतिनिधि स्वास्थ्यकर्मी , पत्रकार लगायतको सहभागिता रहेका थिए ।  

चितवनमा एक लाख ६१ हजार बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । स्वास्थ्य कार्यालय चितवनले अभियानलाई दुई चरणमा विभाजन गरेर सञ्चालन गर्ने छ ।  पहिलो चरणमा भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपािलकामा १३ गते देखि २२ गते सम्म अभियान सञ्चालन हुने छ । राप्ती खैरहनी, रत्ननगर र कालिका नगरपालिकामा भने दोस्रो चरणमा फागुन २३ गतेदेखि चैत १ गतेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ । 

images
प्रकाशित मिति :फाल्गुण ९, २०८० बुधवार - ०८:५३:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology