Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

‘खेलाडी’ को टिजर सार्वजनिक

‘खेलाडी’ को टिजर सार्वजनिक

images

इच्छाकामना न्युज

६, फाल्गुण २०८०
‘खेलाडी’ को टिजर सार्वजनिक
images

काठमाडौँ। भोजपुरी भाषामा निर्मित हास्य सिरिज ‘खेलाडी’ को टिजर सार्वजनिक भएको छ । राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो । 

मुखिया इन्टरटेन्मेन्ट एन्ड मिडिया प्रालिद्वारा निर्माण गरिएको सो सिरिजमा भोजपुरी भाषाका गीत, सङ्गीत र कथा समेटिएका छन् । नेपाल र छिमेकी मुलुक भारतमा समेत भोजपुरीका दर्शक र श्रोतालाई लक्षित गरी निर्माण गरिएको सो सिरिजलाई युट्युबमार्फत क्रमशः प्रसारण गरिने लेखक तथा निर्देशक शैलेशमानसिंह बस्नेतले बताउनुभयो ।

‘खेलाडी’ मा भोजपुरीका कलाकार प्रियङ्का पाण्डेय, वीरेन्द्र मुखिया, स्वनिका बास्तोलाको मुख्य भूमिका रहेको छ । कलाकारहरू सरु बराल, रामभजन कामत, अरकना खातुन, गोविन्दा यादव, सेराज आलम र गङ्गालाल श्रेष्ठलगायतले अभिनय गर्नुभएको छ । लेखक एवं गीतकार गोपाल अश्कको गीतमा आकाश ठाकुरको स्वर र विनय कार्कीको सङ्गीत छ ।   

images
प्रकाशित मिति :फाल्गुण ६, २०८० आइतवार - ०७:५२:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology