Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

आँबुखैरेनीको मित्रता मावि सत्रसयका विद्यार्थीलाई चित्रकला शिक्षा

आँबुखैरेनीको मित्रता मावि सत्रसयका विद्यार्थीलाई चित्रकला शिक्षा

images

इच्छाकामना न्युज

४, फाल्गुण २०८०
आँबुखैरेनीको मित्रता मावि सत्रसयका विद्यार्थीलाई चित्रकला शिक्षा
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाले गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुमा चित्रकला सिकाइ कक्षाको सुरुवात गरेको छ। गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा अन्तरगत रहेर विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापलाई उजागर गर्ने र पढ्दै कमाउँदै कार्यक्रमलाई सार्थक बनाउन चित्रकला सिकाइ कक्षा सुरु गरिएकाे हाे ।

सैद्धान्तिक पढाई सँगै व्यावहारिक शिक्षालाई पनि समानान्तर रुपमा अघि पढाउने योजना सहित पालिकाको विभिन्न कार्यक्रम मध्ये चित्रकलालाई पनि प्राथमिकतामा राखिएकाे गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

drawing-student-photo-1-1024x572.jpg

चित्रकला सिकाइले विद्यार्थीहरुको कलालाई उजागर गर्ने साथै विद्यार्थीहरुमा रचनात्मक र सिर्जनात्मक कार्य गर्न प्रेरणा मिल्ने र सामुदायिक विद्यालय र पढाईप्रति चासो र रुचि बढ्ने उनकाे भनाछ ।

गाउँपालिकाको उद्देश्य अनुरुप चित्रकला सिकाइ कक्षाको पहिलो कार्यक्रम मित्रता माध्यमिक विद्यालयमा सम्पन्न भएकाे छ। २० जना विद्यार्थीहरुले पहिलो चरणको सिकाइ कक्षा लिइ सकेकाे प्रशिक्षक पवन नेपालीले जानकारी दिए ।

विद्यार्थीहरुको सक्रिय सहभागिता र सिकाइले आफू थप उत्साहित भएको बताउँदै उनले अन्य विद्यालयमा पनि याे सुरु गरिने बताए । खबरपुञ्जबाट

images
प्रकाशित मिति :फाल्गुण ४, २०८० शुक्रवार - १६:५१:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology