Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

नेपालले आइतबारदेखि क्यानाडा ११ सँग एक दिवसीय क्रिकेट खेल्ने

नेपालले आइतबारदेखि क्यानाडा ११ सँग एक दिवसीय क्रिकेट खेल्ने

images

इच्छाकामना न्युज

४, फाल्गुण २०८०
नेपालले आइतबारदेखि क्यानाडा ११ सँग एक दिवसीय क्रिकेट खेल्ने
images

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमको बेन्च बलियो बनाउने रणनीति अनुसार नै नेपाल क्रिकेट संघ क्यानले सिनियर र ए टिम बनाएको छ । 

नेपालको सिनियर टिमले आइसीसी विश्वकप लिग २ को खेलमा नामिबिया र नेदरल्याण्ड्सँग त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिरिज खेलिरहेका बेला ‘ए’ टिमले भने क्यानाडा ११ सँग मूलपानी मैदानमा एक मैत्रीपूर्ण सिरिज खेल्दै छ । 

२ दिन अघि क्यानले ३६ सदस्यीय ए टिम घोषणा गरेको थियो । सोही टोलीबाट विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय क्यनडा ११विरुद्ध खेल्ने स्क्वाड पनि घोषणा गरेको छ । विनोदको कप्तानीमा रहेको टोलीले आउँदो आइतबार, मंगलबार र विहीबार गरेर तीन वटा एक दिवसीय क्रिकेट म्याच खेल्ने छ । 

क्यानाडाको सिनियर टोली हालै नेपालसँग तीन खेलको एक दिवसीय सिरिज खेल्न आएको थियो । त्यतिबेला क्लिनस्वीप भएको क्यानाडाले त्यही टोलीका खेलाडी समावेश गरेर ‘क्यानाडा ११’ बनाएको हो । 

आइतबारदेखि बिहीबारसम्मको ३ खेलको तालिका नेपाल क्रिकेट संघ क्यानले बिहीबार राति सार्वजनिक गरेको हो । यो सिरिजमा नेपाली टिमका प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहने छन् ।

025355163nepal1.jpg

क्यानाडा ११ विरुद्ध खेल्ने नेपाल ‘ए’ टोली

नेपाल ए टीममा विनोद भण्डारी (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मायन यादव, प्रतिस जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया रहेका छन् । 

images
प्रकाशित मिति :फाल्गुण ४, २०८० शुक्रवार - ०८:५६:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology