Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

मुग्लिङमा अवस्थित मर्स्याङ्दी शिक्षा सदन स्कुलले मनायो १७ औं वार्षिकोत्सव

मुग्लिङमा अवस्थित मर्स्याङ्दी शिक्षा सदन स्कुलले मनायो १७ औं वार्षिकोत्सव

images

इच्छाकामना न्युज

२, फाल्गुण २०८०
मुग्लिङमा अवस्थित मर्स्याङ्दी शिक्षा सदन स्कुलले मनायो १७ औं वार्षिकोत्सव
images

मुग्लिङ । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ मुग्लिङमा अवस्थित मर्स्याङ्दी शिक्षा सदन सेकेण्डरी स्कुलको १७ औँ वाषिर्कोत्सव विद्यालय परिसरमा सम्पन्न भएको छ । वाषिर्कोत्सवको मुख्य आर्कषणको रुपमा सांस्कृतिक कार्यक्रम र वार्षिक पुरस्कार वितरण रहेका थिए ।

received_910261294163951-1536x1152.jpeg

कार्यक्रमको प्रमुख अतिथिको आथित्यता ग्रहण गर्दै इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले शुभकामना दिएका थिए । उनले इच्छाकामना गाउँपालिकाको शैक्षिक स्तर अभिवृद्धि गर्न सबै लाग्नुपर्ने बताउनुभयो ।

बिधालय ब्यबस्थापन समितिको अध्यक्ष किशोर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष माया सिलवाल, वडानं ५ का वडा अध्यक्ष तेजबहादुर शेरचन, इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख विशाल तामाङ एवं अतिथिका रुपमा विभिन्न संघ संस्थाका प्रतिनिधि, विधालयका संचालक एवं विभिन्न विधालयको प्राचार्य उपस्थित रहेका थिए ‌।

FB_IMG_1707925930279-1024x576.jpg

विधार्थीहरुले नृत्य, गायन तथा नाटक प्रस्तुत गरेको कार्यक्रममा शैक्षिकसत्र २०७९ को वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विधार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो।

images
प्रकाशित मिति :फाल्गुण २, २०८० बुधवार - २२:५४:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology