काठमाण्डौ । पछिल्लो समय भ्यालेन्टाइन डेलाई साताव्यापी रूपमा रूपमा मनाइन्छ। पहिला एक दिन मात्र फेब्रुअरी १४ तारिख भ्यालेन्टाइन डे मनाइन्थ्यो। अहिले यसको सुरुवात रोज डे (फेब्रुअरी ७) बाट गर्ने गरिएको छ। त्यसपछि फेब्रुअरी ८ मा प्रपोज डे, फेब्रुअरी ९ मा चकलेट डे, फेब्रुअरी १० मा टेडी डे, फेब्रुअरी ११ मा प्रमिस डे, फेब्रुअरी १२ मा हग डे, फेब्रुअरी १३ मा किस डे र अन्त्यमा फेब्रुअरी १४ मा भ्यालेनटाइन डे मनाइन्छ।
यसअन्तगर्त आज फेब्रुअरी १३ अर्थात् किस डे मनाइँदै छ। आजको दिन प्रेम जोडीले एकअर्कालाई किस अर्थात् चुम्बन गरेर आफ्नो प्रेम प्रकट गर्छन्।
प्रेम व्यक्त गर्ने विभिन्न माध्यममध्ये चुम्बन पनि उत्तम माध्यम हो। चुम्बनले एक अर्कामा माया–प्रेम बढाउने मात्र होइन, स्वास्थ्यका हिसाबले पनि यो निकै फाइदाजनक हुने विज्ञहरूको भनाइ छ।