सिमलढाप । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ७ पिपलटार स्थित कालिका पिपलटार सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा पुनः मान बहादुर गुरुङ चयन भएको छ । सोमबार सम्पन्न समूहको १३औं वार्षिक साधारण सभा तथा पाचौं अधिवेशनबाट अध्यक्षमा पुनः गुरुङ चयन भएको हो ।
समूहको अन्य पदाधिकारीहरु मध्य वरिष्ठ उपाध्यक्षमा राजन कुमार श्रेष्ठ, उपाध्यक्षमा पुजा मगर, सचिवमा लोक बहादुर गुरुङ्ग, कोषाध्यक्षमा टीका कुमारी चेपाङ्ग र सह–सचिवमा वीर बहादुर मगर चयन भएको छ ।
समूहको सदस्यहरुमा दुर्गा बहादुर तामाङ्ग, राम स्याङ्तान, राजेन्द्र भुजेल, सीता बि. क., कुमारी तमाङ्ग, इन्द्र माया चेपाङ्ग, प्रमिला तमाङ्ग, काली माया क्षेत्री र सुस्मिता तमाङ्ग चयन भएका छन् ।
यस्तै ५ सदस्यीय सल्लाहकार समितिको संयोजकमा इन्द्र बहादुर भुजेल, सदस्यहरुमा सोम बहादुर चेपाङ्ग, प्रकाश चेपाङ्ग, सोम माया मगर र मन माया प्रजा चयन भएका छन् भने ३ सदस्यीय अनुगमन तथा मुल्यांकन समितिको संयोजकमा सुजन गुरुङ्ग, सदस्यहरुमा सरस्वती बि. क. र कान्छी माया भुजेल, ३ सदस्यीय लेखा–समिति संयोजकमा राजकुमार गुरुङ्ग, सदस्यहरुमा अम्बिक गुरुङ्ग र निरुता चेपाङ्ग चयन भएका छन् ।
समूहका अध्यक्ष मान बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष बम बहादुर थापा ‘विजय’ प्रमुख अतिथि रहेका थिए ।