Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

गणेशबहादुर स्मृति फुटबल : कृतनको दुई गोलमा रत्नप्रिय विजयी

गणेशबहादुर स्मृति फुटबल : कृतनको दुई गोलमा रत्नप्रिय विजयी

images

इच्छाकामना न्युज

२८, माघ २०८०
गणेशबहादुर स्मृति फुटबल : कृतनको दुई गोलमा रत्नप्रिय विजयी
images

चितवन । कृतन तामाङको दुई गोलको मद्दतमा रत्नप्रिय एफसीले छैटौं गणेशबहादुर स्‍मृति जिल्ला स्तरीय अन्डर २१ नकआउट फुटबल प्रतियोगितामा जित हात पारेको छ । 

आज (आइतबार) भएको खेलमा रत्नप्रियले भतेरी एफसीविरुद्ध ४-० को सहज जित निकालेको हो । रत्नप्रियको जितमा कृतनले दुईसँगै सन्जय महतो र सुशील तामाङले एक-एक गोल गरे । 

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । चारै गोल दोस्रो हाफमा सम्भव भयो । दोस्रो हाफको छैटौं मिनेटमा सन्जयको गोलबाट रत्नप्रियले अग्रता लियो । २४ औं मिनेटमा कृतनले गोल गर्दै अग्रता दोब्बर बनाए ।

 २९ औं मिनेटमा सुशीलले गोल गरेपछि रत्नप्रियले ३-० को अग्रता लियो । अतिरिक्त समयको तेस्रो मिनेटमा कृतनले व्यक्तिगत दोस्रो गोल गरेपछि रत्नप्रियले ४-० को सहज जित हात पार्‍यो । कृतन म्यान अफ दि म्याच भए । 

प्रतियोगितामा सोमबार दुई खेल हुनेछ । सोमबार पहिलो खेलमा दिउँसो १ बजे पटिहानी एफसी गैंडाकोट एफसी भिड्नेछन् । यस्तै दोस्रो खेलमा दिउँसो ३ बजे युनिक युथ र ठोरी एफसी भिड्नेछन् । 

फागुन ७ गतेस्म्म हुने प्रतियोगिताको विजेताले ट्रफीसहित एक लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने संयोजक घलेले बताए ।

प्रतियोगिताभरको सर्वोत्कृष्ट खेलाडीले ५ हजार तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, स्ट्राईकर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही ३-३ हजार रुपैयाँ प्राप्त गर्नेछ । हरेक दिन म्यान अफ दि म्याचले २ हजार प्राप्त गर्नेछ ।

images
प्रकाशित मिति :माघ २८, २०८० आइतवार - २१:५९:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology