Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

इमाडोलमा चार तला माथिबाट हामफाल्दा महिलाको ज्यान गयो, दुई बच्चाको पनि मृत्यु

इमाडोलमा चार तला माथिबाट हामफाल्दा महिलाको ज्यान गयो, दुई बच्चाको पनि मृत्यु

images

इच्छाकामना न्युज

२८, माघ २०८०
इमाडोलमा चार तला माथिबाट हामफाल्दा महिलाको ज्यान गयो, दुई बच्चाको पनि मृत्यु
images

काठमाडौं । ललितपुरको इमाडोलस्थित एक घरबाट हामफालेकी महिलाको ज्यान गएको छ । शनिबार अपराह्न महालक्ष्मी नगरपालिका–४ इमाडोलस्थित ओचुहाइटस्थित घरको चौथो तलाबाट ३६ वर्षीया रबिना महर्जनले हाम फालेकी थिइन् ।

स्थानीयले उद्धार गरी उनलाई किस्ट अस्पताल पु¥याएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो । साथै सोही घरमा अचेत अवस्थामा फेला परेका दुई बच्चाको पनि मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरले आमाको उपचारको क्रममा र ६ वर्षीय बालक र दुई वर्षीया बालिकाको मृत्यु भएको जनाएको छ । घटनापछि घरभित्र पुग्दा कोठाभित्र दुई जना बच्चाहरू अचेत अवस्थामा फेला परेका थिए ।

बच्चालाई पनि तत्काल अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । बच्चाहरूको मृत्यु के कारणले भएको भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । बच्चाहरूको मृत्यु कसरी भएको भन्नेबारे पोस्टमर्टम रिपोर्ट आएपछि मात्रै भन्न सकिने प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :माघ २८, २०८० आइतवार - ०९:१३:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology