Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

धरहराको पार्किङ बन्द गर्न पत्र आएपछि बालेनको आक्रोश- लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ?

धरहराको पार्किङ बन्द गर्न पत्र आएपछि बालेनको आक्रोश- लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ?

images

इच्छाकामना न्युज

२२, माघ २०८०
धरहराको पार्किङ बन्द गर्न पत्र आएपछि बालेनको आक्रोश- लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ?
images

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले धरहरामा नि:शुल्क पार्किङ नगर्न पत्र आएको भन्दै असन्तुष्टि जनाएका छन् । उद्घाटन भएको तीन पुग्नै लाग्दा समेत अझै निर्माण नसकिएको भन्दै पत्र लेख्नु लज्जाको विषय भएको बताएका छन् । 

उनले निर्माण नसिकँदै उद्घाटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि कडा टिप्पणी गरेका छन् । 'उदघाटन गरेको २ वर्ष ९ महिनापछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नुभन्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीले भन्नुभएको थियो 'नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ' भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ,' सोमबार बिहानै उनले फेसबुकमा लेखेका छन् । 

११ वैशाख २०७८ मा तत्कालीन प्रधानमन्त्री ओलीले तामझामसाथ धरहराको उद्घाटन गरेका थिए । तर, उद्घाटन गरेकै झन्डै तीन वर्ष बित्दा पनि धरहराको पुनर्निर्माण पूरा हुन सकेको छैन ।

काम सम्पन्न नभई भित्तामा नाम लेख्न उद्घाटन गर्ने प्रवृत्तिलाई भ्रष्टाचार मान्ने राष्ट्रिय नीति बनाउनुपर्ने उनको भनाइ छ ।

images
प्रकाशित मिति :माघ २२, २०८० सोमवार - ०९:१२:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology