Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

आँबुखैरेनीका ३ युवा अवैध लागूऔषध सहित रंगेहात पक्राउ

आँबुखैरेनीका ३ युवा अवैध लागूऔषध सहित रंगेहात पक्राउ

images

इच्छाकामना न्युज

२१, माघ २०८०
आँबुखैरेनीका ३ युवा अवैध लागूऔषध सहित रंगेहात पक्राउ
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाका ३ जना युवा अवैध लागुऔषध सहित रंगेहात पक्राउ परेको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीको प्रहरी टोलीले शुक्रबार अवैध लागुऔषध सहित उनीहरुलाई दुई स्थानबाट छुट्टाछुट्टै अवस्थामा रंगेहात पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा आँबुखैरेनी गाउँपालिका वडा नं. २ ढकालटारका ३४ वर्षीय जिवन भन्ने गिर बहादुर मगर, २५ वर्षीय भरत भन्ने ओम बहादुर मगर र १९ वर्षका रितेश थापा मगर रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार जिवन भन्ने गिर बहादुर मगरलाई शुक्रबार दिउँसो १ बजे ढकालटारमा शंकास्पद अवस्थामा बसिरहेको बेला खानतलासी गर्दा निजले बोकेको हरियो रंगको फेन्सी झोलामा लुकाई छिपाई ल्याएको डाइजापाम १२१ एम्पुल, फेनेरगन १२३ एम्पुल र बुप्रीनरफिन १२६ एम्पुल गरि ३७० एम्पुल लागुऔषध सहित पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले नाइट्रेभेट–१० लेखिएको २० पत्ता गरि ३०० ट्याब्लेट समेत बरामद गरेको छ ।

यस्तै आँबुखैरेनी ३ पानीघट्टबाट शुक्रबार मध्यान्ह १२ः३० बजे पक्राउ परेका भरत भन्ने ओम बहादुर मगर र रितेश थापा मगरबाट प्रहरीले डाइजापाम ९ एम्पुल, फेनेरगन ९ एम्पुल र बुप्रीनरफिन ९ एम्पुल गरि २७ एम्पुलका साथै नाइट्रेभेट–१० लेखिएको ४३ ट्याब्लेट बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका तीनै जनालाई आइतबार जिल्ला अदालत तनहुँबाट म्याद थप गरि अनुसन्धानका लागि हिरासतमा राखिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ ।  

 

images
प्रकाशित मिति :माघ २१, २०८० आइतवार - २०:३०:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology