Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

दोश्रो आँबुखैरेनी कप-२०८० सुरु, उद्घाटन खेलमा आयोजक अल स्टार क्लबको शानदार जित

दोश्रो आँबुखैरेनी कप-२०८० सुरु, उद्घाटन खेलमा आयोजक अल स्टार क्लबको शानदार जित

images

इच्छाकामना न्युज

२१, माघ २०८०
दोश्रो आँबुखैरेनी कप-२०८० सुरु, उद्घाटन खेलमा आयोजक अल स्टार क्लबको शानदार जित
images
आँबुखैरेनी । अल स्टार क्लब आँबुखैरेनी तनहुँको आयोजनामा शनिबार देखि दोश्रो आँबुखैरेनी कप-२०८० 11'A' साईड फुटबल प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिताको एक समारोहकाबिच आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले उद्घाटन गर्नुभएको छ ।
425612488_809224767892973_5283205501369606380_n.jpg
 
प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा आयोजक अल स्टार क्लबले शानदार जित दर्ता गरेको छ । खेलमा अल स्टार क्लब आँबुखैरेनीले याङ्गकोट युवा क्लब गोरखालाई ८-० को फराकिलो गोल अन्तरले पराजित गरेको छ । जित संगै अल स्टार क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
425918876_809224937892956_1464677605671108815_n.jpg
 
पहिलो दिन सम्पन्न भएको उद्घाटन खेलका म्यान अफ द म्याच अलस्टारका अनुज थापा घोषित भएका छ्न । आगामी माघ २७ गते सम्म संचालन हुने फुटबल प्रतियोगिताको बिजेता टिमले नगद रु. २ लाख ट्रफी, मेडल, प्रमाणपत्र र उपबिजेता टिमले नगद रु. १ लाख ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ ।
 
उक्त प्रतियोगितामा तनहुँ र गोरखा जिल्लाका गरि ८ टिमको सहभागिता रहेको खेल संयोजक सुशील पाण्डेले जानकारी दिए ।

images
प्रकाशित मिति :माघ २१, २०८० आइतवार - ०९:०७:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology