Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामनाको फिस्लिङमा जिप दुर्घटना हुदाँ ११ जना घाइते, एकको अवस्था गम्भीर

इच्छाकामनाको फिस्लिङमा जिप दुर्घटना हुदाँ ११ जना घाइते, एकको अवस्था गम्भीर

images

इच्छाकामना न्युज

२०, माघ २०८०
इच्छाकामनाको फिस्लिङमा जिप दुर्घटना हुदाँ ११ जना घाइते, एकको अवस्था गम्भीर
images

फिस्लिङ । पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना–३ फिस्लिङमा जिप दुर्घटना हुदा ११ जना घाइते भएका छन् । फिस्लिङबाट कुरिनटार तर्फ जाँदै गरेको प्र ३ ०१०२३ च ३८२ नम्बरको हाइलेक्स जिप अचानक पल्टँदा सो दुर्घटना भएको हो ।

जिपमा सवार घाइते यात्रुहरुलाई उपचारको लागि भरतपुरको पुरानो मेडिकल कलेज र कुरिनटारका अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते भएका भरतपुर फूलबारी बस्ने २३ वर्षीय सुर्दशन गुरुङको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । त्यस्तै, इच्छाकामना–३ बस्ने वर्ष १९ को निरिषा गुरुङलाई उपचारको लागि भरतपुर पठाइएको छ । अन्य आठ जना घाइतेहरुको फिस्लिङमा रहेको पोलिक्लिनिकमा उपचार भइरहेको छ ।

इच्छाकामना–३ का १९ वर्षीय सुदिप गुरुङको कुरिन्टार जनता केयरमा उपचार भइरहेको छ । सवारी चालक सोलुखुम्बु दुधकुण्ड नगरपालिका– ११ बस्ने बर्ष २६ को अर्जुन खड्कालाई  प्रहरीले नियन्त्रणमा लिएको छ ।

images
प्रकाशित मिति :माघ २०, २०८० शनिवार - २०:२५:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology