Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

किन हुन्छ जाडोमा छाला सुख्खा? कसरी जोगिने?

किन हुन्छ जाडोमा छाला सुख्खा? कसरी जोगिने?

इच्छाकामना न्युज

२०, माघ २०८०
किन हुन्छ जाडोमा छाला सुख्खा? कसरी जोगिने?
images

जाडोमा छाला सुख्खा हुनु सामान्य हो । जाडोमा कम तापक्रम र आर्द्रतामा आउने परिवर्तनले छालालाई असर गर्छ। गर्मीमा पसिना आउँदा छाला हाइड्रेटेड रहन्छ। तर जाडोमा तापक्रम घट्ने भएकाले यस्तो हुँदैन, त्यसैले छाला सुख्खा रहन्छ । 

images
images
छाला सुख्खा हुने कारण

१) चिसो दिनमा मानिसहरू प्रायः कोठा न्यानो राख्न विभिन्न प्रकारका उपाय अपनाउँछन्। यसो गर्दा कोठाको आर्द्रता प्रभावित हुन्छ, जसका कारण छालाको आर्द्रतामा कमी आउछ । 

२) चिसो मौसम, तीब्र हावा र वर्षाले छालाको प्राकृतिक मोस्चराइजिङ तेल खोस्छ।
 
३) जाडोमा प्राय मानिसहरु तातो पानीले नुहाउने  गर्छन्, यसो गर्दा छालाको प्राकृतिक तेल छालाबाट गायब हुन थाल्छ । 

जाडोमा छाला सुख्खा हुनबाट जोगिने उपायहरु
१) जाडोमा छालालाई हाइड्रेटेड राख्नु निकै जरुरी हुन्छ । यसका लागि पर्याप्त मात्रामा पानी पिउनुहोस् र छालालाई मोइस्चराइज गर्नुहोस्।

२) चिसोमा  मनतातो पानीले नुहाउनुहोस् । यसले छालाबाट प्राकृतिक तेल निस्कनबाट रोक्छ र छाला सुख्खा हुँदैन। 

३) चिसोमा बाहिर जाँदा आफ्नो छाला छोप्न नबिर्सनुहोस्। यसबाट छालालाई चिसो हावाबाट जोगाउन सकिन्छ।

४) कडा  साबुन र डिओडोरेन्टहरूले छालालाई हानी पुर्‍याउन सक्छ। त्यसैले यसको प्रयोग नगर्नुहोस्।

images
प्रकाशित मिति :माघ २०, २०८० शनिवार - ०७:१०:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology