Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोरखाको गण्डकी गाउँपालिकाले दिर्घरोगी तथा गर्भवतीहरुको नि:शुल्क स्वास्थ्य बिमा गर्ने

गोरखाको गण्डकी गाउँपालिकाले दिर्घरोगी तथा गर्भवतीहरुको नि:शुल्क स्वास्थ्य बिमा गर्ने

इच्छाकामना न्युज

१९, माघ २०८०
गोरखाको गण्डकी गाउँपालिकाले दिर्घरोगी तथा गर्भवतीहरुको नि:शुल्क स्वास्थ्य बिमा गर्ने
images

भुम्लिचोक । गण्डकी गाउँपालिकाले  दिर्घरोगीहरुको तथा गर्भवतीहरुको निशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ ।गाउँपालिकाले हिउँदे सभाबाट  निर्णय गर्दै गाउँपालिकाभरका  सम्पूर्ण सूचिकृत दिर्घरोगीहरुको रु ३ हजार ५०० बराबरको स्वास्थ्य बिमा गर्ने घोषणा गरेको हो ।

images
images

स्वास्थ्य बिमा भए पश्चात दिर्घरोगीहरु तथा उनीहरुका परिवारका सदस्यहरुले वार्षिक रु १ लाख सम्मको स्वास्थ्य उपचार निशुल्क प्राप्त गर्नेछन् । गाउँपालिका अध्यक्ष दीपक  तिमिल्सिना साकारले यस योजना दिर्घरोगीहरुको उपचारमा परिवारले भोग्नु पर्ने सास्तीमा केही मात्र भए पनि मल्हम लगाउन सकियोस भन्ने उद्देश्यले गर्न लागिएको बताउनुभयो ।  माघ २१ गते विश्व क्यान्सर दिवसको अवसर पारेर उक्त कार्यक्रम सुरुवात गरिने गाउँपालिकाले जनाएको छ ।

यसै गरी गाउँपालिकाले सम्पूर्ण गर्भवतीहरुको समेत निशुल्क स्वास्थ्य बिमा सुरु गर्ने भएको छ । गाउँपालिका भित्रका कुनै  पनि महिलाहरु गर्भवति भएमा स्वत निशुल्क बिमा हुने तथा  बच्चा जन्माउदाँ हुन सक्ने कुनै पनि स्वास्थ्य खर्चको न्यूनिकरण गर्नका लागी १ लाख सम्मको वार्षिक बिमा हुनेछ । यस बिमाले गर्भवती तथा बच्चा दुवैको एक लाख सम्मको स्वास्थ्य उपचार खर्च बेहोर्नेछ ।

यस बाट बच्चा जन्माउदाँका दौरान कुनै किसिमको कठिनाई तथा उपचार गर्नु पर्ने भएमा सोको भुक्तानी बिमा रकम बाट गर्न सकिनेछ । गाउँपालिकाले पछिल्लो समयमा पालिका भित्र हुने मातृ तथा बाल मृत्यु दर शुन्य बनाउन विभिन्न कार्यक्रम गरिरहेको छ ।

यस अघिनै घोषणा भएबमोजिम गाउँपालिका भित्रका गर्भवती महिलाहरु सुत्केरी हुन देशको जुनसुकै स्थानमा जान परेपनि एम्बुलेन्स सेवा  निशुल्क गरिसकेकोछ। प्रमुख प्रशासकिय अधिकृत रिजेश उपरकोटीले यस बिमा कार्यक्रमबाट गाउँपालिकाको उद्देश्यलाई थप सहयोग पुग्ने विश्वास लिएको बताउनुभयो । 

images
प्रकाशित मिति :माघ १९, २०८० शुक्रवार - ०८:२२:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology