Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

रास्वपातिर लक्षित गर्दै कांग्रेस नेता भट्टराई भन्छन् ‘आफूले खाएको अमृत, अरुको भ्रष्टाचार हुँदैन’

रास्वपातिर लक्षित गर्दै कांग्रेस नेता भट्टराई भन्छन् ‘आफूले खाएको अमृत, अरुको भ्रष्टाचार हुँदैन’

इच्छाकामना न्युज

१७, माघ २०८०
रास्वपातिर लक्षित गर्दै कांग्रेस नेता भट्टराई भन्छन् ‘आफूले खाएको अमृत, अरुको भ्रष्टाचार हुँदैन’
images

तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले रास्वपातिर लक्षित गर्दै भ्रष्टाचारमा दोहोरो मापदण्ड अपनाएको आरोप लगाएका छन् ।

images
images

उनले भने, ‘यो देशको राजनीति सुधार्नुपर्छ । भ्रष्टाचार निमूल हुनुपर्छ तर आफूले खाएको अमृत र फलानो भ्रष्टाचार हो भन्ने दोहोरो मापदण्ड लागु हुन सक्दैन ।’

तनहुँको पूर्कोटस्थित कालिका बहुमुखी क्याम्पसको ११ औं वार्षिकोत्सव कार्यक्रममा रास्वपा सभापति रवि लामिछानेसँग जोडिएको सहकारी प्रकरणतर्फ संकेत गर्दै उनले भने, फोहोर सारौं तर दोहोरो मापदण्डले फोहोर सार्न सकिन्न ।

रास्वपा उपसभापति स्वर्णिम वाग्लेले दिएको तनहुँमा गोरु बेचेको साइनो नभए पनि चुनाव जितेको अभिव्यक्ति नदिएको भनी दिएको प्रष्टीकरणतर्फ लक्षित गर्दै उनले आज आफूले के बोल्यो एक घण्टामै बिर्सने प्रवृत्ति भन्दै कटाक्ष गरे ।

यस क्षेत्रको विकासमा आफू जुनसुकै पदमा रहे पनि नरहे पनि सक्रिय रहने भन्दै उनले चुनाव हारे पनि मस्र्याङदी खानेपानी आयोजना सम्पन्न गरेर पानी ल्याउने घोषणा गरे ।

तनहुँ र चितवन जोड्ने घुमाउने घाटमा पुल बनाउन बजेट विनियोजन गरे पनि ठेकेदार भागे पनि खोजेर ल्याएको भन्दै आफूहरुकै नेतृत्वमा त्यो काम पूरा हुने दृढता व्यक्त गरे ।

images
प्रकाशित मिति :माघ १७, २०८० बुधवार - १०:०३:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology