Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

चुनावी वाचा पूरा गर्दै, सुकुम्बासीलाई लालपूर्जा बाड्दै आँबुखैरेनीका अध्यक्ष शुक्र चुमान

चुनावी वाचा पूरा गर्दै, सुकुम्बासीलाई लालपूर्जा बाड्दै आँबुखैरेनीका अध्यक्ष शुक्र चुमान

images

इच्छाकामना न्युज

१५, माघ २०८०
चुनावी वाचा पूरा गर्दै, सुकुम्बासीलाई लालपूर्जा बाड्दै आँबुखैरेनीका अध्यक्ष शुक्र चुमान
images

आँबुखैरेनी । करिब २ वर्षअघि स्थानीय तह निर्वाचनमा उम्मेद्वार भैरहदा तनहुँ आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जनता माझ भोट माग्दै आफुले चुनाव जिते सुकुम्बासीलाई लालपूर्जा बाड्छु भनेर वाचा गरेका थिए । उनै अध्यक्ष चुमानले यति बेला जनता सामु गरेको वाचा पूरा गर्दै सुकुम्बासीलाई लालपूर्जा बाड्न सुरु गरेको छ ।

423248789_2763431697129709_8641241578428853861_n.jpg

सोमबार गाउँपालिका प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि जिल्लामै पहिलो पटक आँबुखैरेनी गाउँपालिकाले वडा नं. २ का १३ घर सुकुम्बासीलाई लालपूर्जा वितरण सुरु गरेको छ । गाउँपालिकाले राष्ट्रिय भूमि आयोग तनहुँको समन्वयमा सुकुम्बासीलाई लालपूर्जा वितरण सुरु गरेको हो ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले भूमिहिनलाई जग्गाको मालिक बनाउने अभियान सुरु भएको बताए । उनले भने, ‘हामीले चुनावका बेला नै लालपूर्जा वितरण गर्छाै भनेर जनतामाझ भनेका थियौ । त्यो प्रतिबद्धता सुरु भएको छ । हामी आश्वासन दिँदैनौ, काम गरेर देखाउँछौ ।’

423236449_2763431857129693_7721177704226261081_n.jpg

चुमानले क्रमिक रुपमा अरु वडाहरुको प्रक्रिया पूरा भएपछि पूर्जा वितरण गरिने बताए । उनले भने, ‘वर्षाै भोगचलन गरेको जमिनको लालपुर्जा हात हातमा पुग्नु समृद्धिको आधार हो।’

कार्यक्रममा तनहुँ क्षेत्र नं. १ प्रदेश सभा ‘ख’ का सांसद एवं पूर्व प्रदेशमन्त्री हरि बहादुर चुमानले सुकुम्बासीहरुलाई लालपुर्जा हस्तान्तरण गरेका थिए । सो अवसरमा बोल्दै सांसद चुमानले पालिकाका अन्य वडाका भूमिहिनले पनि निकट भविष्यमा लालपूर्जा पाउने बताए ।

424574523_776614604493023_4212608071590154384_n.jpg

आयोगको गत पुस २३ को निर्णय अनुसार भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । आयोगका अध्यक्ष रामचन्द्र अधिकारीले जिल्लाका अन्य पालिकामा पनि क्रमशः लालपूर्जा वितरणलाई अगाडी बढाइने बताए ।
सोही अवसरमा भूमिहिन सुकुम्वासी, भूमिहिन दलित तथा अव्यवस्थित बसोवासी सेवा केन्द्रमा रही अहोरात्र खटी उल्लेखनीय भूमिका निर्वाह गरेका सूचना प्रविधि अधिकृत÷सेवा केन्द्र प्रमुख इन्जिनियर निरोज श्रेष्ठ, अमिन सरोज चन्द्र अधिकारी र अमिन सन्जित श्रेष्ठलाई सम्मान गरिएको थियो ।

images
प्रकाशित मिति :माघ १५, २०८० सोमवार - १९:५९:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology