Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

बिहान खाली पेट चना र बदाम खानुहोस्, हुनेछ फाइदा

बिहान खाली पेट चना र बदाम खानुहोस्, हुनेछ फाइदा

एजेन्सी

१४, माघ २०८०
बिहान खाली पेट चना र बदाम खानुहोस्, हुनेछ फाइदा
images

एजेन्सी । चना र बदाम साथमा खाँदा फाइदा गर्छ । यसको सेवनले धेरै रोगसँग लड्न सहयोग गर्छ । यसबाट पाइने लाभ बारेमा जानौं ।

images
images

चनामा प्रोटिन, फाइबर, आइरन तथा क्यालोरी हुन्छ । साथमा बदाममा ओमेगा ६, क्याल्सियम र ओमेगा ३ फ्याटी एसिडको राम्रो स्रोत हुन्छ ।

बदाम र चनालाई साथमा खाँदा कब्जियत, ग्यास र अपचको समस्या कम हुन्छ । साथमा यसको सेवनले पाचन प्रणाली पनि बलियो हुन्छ ।

शरीरको रोग प्रतिरोधक क्षमता बढाउनका लागि पनि चना र बदामलाई साथमा खानुहोस् । यसमा पाइने पोषक तत्वहरुले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाइृ बढाउने काम गर्छ ।

त्यस्तै गर्भवती महिलाहरुका लागि पनि चना र मुंगफली बिहान खानु स्वस्थकर मानिन्छ । यसले आमा र बच्चा दुबैको स्वास्थ्यमा फाइदा पु¥याउँछ ।

चना र बदाममा आइरन भरपूर मात्रामा पाइन्छ । दुबैलाई साथमा खाँदा शरीरमा रगतको कमी पनि हुन पाउँदैन ।

चना र बदामको मिश्रण छालाका लागि पनि राम्रो मानिन्छ । यसमा एन्टीअक्सीडेन्ट गुण पाइन्छ, जसले फाइन लाइन्स र चाउरी पनाको समस्या कम गर्छ । साथमा यो हड्डी बलियो बनाउनका लागि पनि राम्रो डाइट हो ।

यो नास्तामा बालबालिकालाई पनि खुवाउन सकिन्छ ।

images
प्रकाशित मिति :माघ १४, २०८० आइतवार - ०८:४७:५३ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology