Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

अवैध लागुऔषध सहित भानुका एक युवक आँबुखैरेनीबाट पक्राउ

अवैध लागुऔषध सहित भानुका एक युवक आँबुखैरेनीबाट पक्राउ

images

इच्छाकामना न्युज

१२, माघ २०८०
अवैध लागुऔषध सहित भानुका एक युवक आँबुखैरेनीबाट पक्राउ
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनीबाट अवैध लागुऔषध सहित भानुका एक युवक पक्राउ परेको छ । आँबुखैरेनी गाउँपालिका ४ बेनिटार स्थित पृथ्वी राजमार्ग सडक–खण्डमा नियमित सवारी चेकजाँचको क्रममा प्रहरीले अवैध लागुऔषध सहित आज एक युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भानु नगरपालिका १ नयाँबस्ती बस्ने वर्ष २८ को बुद्धि बहादुर तामाङ रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ । प्रहरीले दिएको जानकारी अनुसार निजको साथबाट प्रहरीले अवैध लागुऔषध डाइजापाम, फेनेरगान र नुफिन बरामद गरेको छ । 

यस्तै पक्राउ परेका तामाङलाई थप अनुसन्धानका लागि जिल्ला अदालत तनहुँबाट म्याद थप गरि हिरासतमा राखिएको प्रहरीले जानकारी दिएको छ । 

images
प्रकाशित मिति :माघ १२, २०८० शुक्रवार - २१:५८:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology