आँबुखैरेनी । इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँले मादक पदार्थ सेवन गरेर लापरवाही तरिकारले सवारी चलाउने एक जनालाई पक्राउ गरेको छ । शनिबार राति आँबुखैरेनी गाउँपालिक वडा नं. ३ स्थित पृथ्वी राजमार्ग सडक–खण्डमा सवारी साधन चेकजाँजको क्रममा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गोरखा नगरपालिका वडा नं. १४ सलाङगिरी घर हुने वर्ष २६ को मदन भन्ने आषिक आले रहेका छन् । उनलाई प्रहरीले डुम्रेबाट आँबुखैरेनीतर्फ आउने क्रममा मादक पदार्थ सेवन गरी तिव्र गतिमा लापरवाहीपूर्ण तरिकाले सवारी चलाएको अवस्थामा नियन्त्रणमा लिई थप अनुसन्धानका लागि हिरासतमा राखिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ । प्रहरीका अनुसार उनलाई जिल्ला प्रशासन कार्यालय तनहुँबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ।