इच्छाकामनाको नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा चन्द्रकान्त बस्नेतको स्वागतकुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा चन्द्रकान्त बस्नेतले जिम्मेवारी सम्हाल्नु भएको छ । गाउँपालिकाका यसअघिका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषालको खुम्बु पासाङल्हामु गाउँपालिका चौंरीखर्क, सोलुखुम्बुमा सरुवा भएपछि नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा बस्नेतले आजदेखि जिम्मेवारी सम्हाल्नु भएको हो ।
बस्नेतलाई गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल लगायत जनप्रतिनिधि र कर्मचारीहरुले टीका र खाद लगाई स्वागत गर्नुभएको थियो । नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भै आउनु भएका बस्नेत जिल्ला प्रशासन कार्यालय चितवनबाट सरुवा भै आउनुभएको हो ।
बस्नेत इच्छाकामनामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भै आउने आठौँ अधिकृत हुनुहुन्छ ।