मुग्लिङ्ग । प्रथम कृष्ण कुमार गुरुङ स्मृति,सेन्ट्रल कलेज कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता २०८० हुने भएको छ । मुग्लिङ्ग एफसी इच्छाकामना ५ मुग्लिङ्गको आयोजनामा त्रिवेणी यूवा क्लबका पूर्व अध्यक्ष तथा समाजसेवी स्वर्गिय कृष्ण कुमार गुरुङको स्मृतिमा इच्छाकमना ४ कुरिनटारमा फुटबल प्रतियोगिता हुने भएको हो ।
माघ १२ गतेदेखि १७ गते सम्म चल्ने प्रतियोगिताको विजेताले रु ४० हजार नगद , ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । द्धितिय हुने टिमका लागि नगद रु २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको आयोजकले जनाएको छ । सान्त्वना सेमीफाइनलमा पुग्ने दुई टिमलई मायाको चिनो प्रदान गरिने छ । आयोजकका अनुसार उत्कृष्ट खेलाडी, गोलकर्तालाई र उत्कृष्ट गोल रक्षकलाई रु एक हजार ५०० रुपैयाँ नगद पुरस्कारको व्यवस्था रहेको छ ।
साथै फाइनलमा पुग्ने दुई टिमलाई भिजिट मनकामनाको लागि केवलकार टिकटको व्यवस्था गरिएको छ । प्रतियोगिताका मुख्य प्रायोजक भने सेन्ट्रल कलेज भरतपुर चितवन रहेको छ ।