Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

खिचरा महोत्सव : सांस्कृतिक कार्यक्रममा विविधता

खिचरा महोत्सव : सांस्कृतिक कार्यक्रममा विविधता

images
खिचरा महोत्सव : सांस्कृतिक कार्यक्रममा विविधता
images

खैरहनी । विगत ९ वर्षदेखि सञ्चालनमा रहेको खिचरा महोत्सव चितवनको आदिवासी भूमिपुत्र भनेर चिनिने थारु समुदायले आयोजना गरेको सांस्कृतिक महोत्सव हो। आयोजक थारु भए पनि महोत्सवमा भने हरेक समुदायको प्रस्तुति देख्न सकिन्छ, जसले महोत्सवको रौनक र गरिमा बढाएको छ।

महोत्सवलाई सबैको साझा बनाउनको लागि पनि सबै जातजातिको सांस्कृतिक प्रस्तुतिलाई स्थान दिँदै आएको महोत्सव मूल समारोह समितिका संयोजक एवम् आयोजक संस्था थारु कल्याणकारिणी सभा क्षेत्र नं.७ का सभापति रामेश्वर चौधरीले जानकारी दिए।

खिचरा भन्नासाथ थारु समुदायको पहिचानसँग जोडिए पनि महोत्सवलाई सबै जाति र वर्गको साझा बनाउनको लागि सबै समुदायको झाँकी तथा सांस्कृतिक प्रस्तुतिलाई मञ्च दिएको उनले बताए। महोत्सवमा गुरूङ र मगर समुदायको कौडा तथा सोरठी नृत्य, तामाङ समुदायको सेलो, राई तथा लिम्बू समुदायको साकेलालगायत सबै जातजातिका मौलिक लोक संस्कृतिले स्थान पाएको छ।

कृषि प्रदर्शनीसहित १३९ वटा व्यावसायिक स्टलसमेत राखिएको महोत्सवलाई थारुको पहिचान दिलाउनको लागि सोहीअनुसारको प्रवेशद्वार निर्माण गरिनुका साथै थारु सङ्ग्रहालयसमेत बनाइएको छ।

प्रवेशद्वार र थारु सङ्ग्रहालय नजिकै सेल्फी प्वाइन्टसमेत राखिएको हुँदा महोत्सव अवलोकनकर्ताहरुको रोजाइमा ती तीनवटै विषय प्राथमिकतामा परेको महोत्सव सचिवालय समितिका सदस्य जितेन्द्र चौधरीले बताए।

उनका अनुसार महोत्सव परिसरभित्र थारु जातिको प्रख्यात खानाका परिकारलाई समेत प्राथमिकताका साथ राखिएको हुँदा थारु खानाप्रति पनि आकर्षण उत्तिकै बढ्दै गएको छ। घोंगी, माछा, चिचर, हाँसको मासुलगायतका थारु परिकार चाख्नेहरुले परिवारको लागि समेत लैजाने गरेको उनले बताए।

पुस २८ गतेदेखि जारी महोत्सव माघ १० गतेसम्म चल्ने छ। महोत्सव अवधिभर ख्यातिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहेको खिचरा महोत्सवका संस्थापक संयोजक नारायणप्रसाद महतोले जानकारी दिए।

‘महोत्सवमा खानाको स्टल होस् या कृषि प्रदर्शनी, या मञ्च नै किन नहोस्। जताततै आकर्षणको केन्द्र बनाउन हामीले सक्दो प्रयास गरेका छौँ,’ उनले भने, ‘मनोरञ्जनको लागि मञ्चमा पनि वर्तमान बजारको मागअनुसार चल्तीका कलाकारहरुमार्फत सांगीतिक प्रस्तुति दिँदै आएका छौँ।’

images
प्रकाशित मिति :माघ ५, २०८० शुक्रवार - २३:३३:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology