Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गण्डकीको ताङलीचोक स्वास्थ्य चौकीमा सुनौला हजार दिनका आमाहरुलाई पौष्टिक आहार वितरण

गण्डकीको ताङलीचोक स्वास्थ्य चौकीमा सुनौला हजार दिनका आमाहरुलाई पौष्टिक आहार वितरण

गण्डकीको ताङलीचोक स्वास्थ्य चौकीमा सुनौला हजार दिनका आमाहरुलाई पौष्टिक आहार वितरण
images

ताङ्लीचोक ।  गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर २ का सुनौला हजार दिनका आमाहरुलाई पौष्टिक आहार वितरण गरिएको छ । वडा नम्बर २ स्थित ताङ्लीचोक स्वास्थ्यचौकीमा पौष्टिक आहार वितरण गरिएको हो। 

images
images

गण्डकी गाउँपालिका मातृ तथा बाल मृत्युदर घटाउने सम्बन्धी विशेष अनुदानबाट प्राप्त बजेट अन्तर्गत सुनौला हजार दिनका आमाहरुलाई पौष्टिक आहार वितरण गरेका हुन् ।  

वडा नम्बर २ का वडाध्यक्ष यम बहादुर गुरुङ, स्वास्थ्य शाखा प्रमुख कुमार सुनार, ताङ्लीचोक स्वास्थ्यचौकी प्रमुख पुस्कर खनाल,वडा सदस्य फुलमाया नेपाली लगायतको उपस्थितिमा पौष्टिक आहार वितरण गरेको हो ।

यस  आर्थिक वर्षमा सबै स्वास्थ्य चौकीहरु मार्फत सुनौला हजार दिनका आमाहरुलाई पौष्टिक आहार अन्तर्गत एक क्रेट अण्डा, चना,केराउ,तेल तथा नुन वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ । 

images
प्रकाशित मिति :माघ ३, २०८० बुधवार - २१:४९:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology