Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

जिवि राई र रवि लामिछानेविरुद्ध सहकारी ठगीको आरोपमा सहकारी विभागमा युवराज सफलले गरे उजुरी दर्ता

जिवि राई र रवि लामिछानेविरुद्ध सहकारी ठगीको आरोपमा सहकारी विभागमा युवराज सफलले गरे उजुरी दर्ता

images
जिवि राई र रवि लामिछानेविरुद्ध सहकारी ठगीको आरोपमा सहकारी विभागमा युवराज सफलले गरे उजुरी दर्ता
images

काठमाडौं । केही समय मौन बसेका अभियन्ता युवराज सफल फेरि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध उजुरी बोकेर उत्रन थालेका छन् ।

सफलले सहकारी ठगीमा लामिछानेलाई आरोपित गर्दै उनी केही दिनदेखि उजुरी बोकेर विभिन्न सरकारी निकायमा धाउन थालेका हुन् ।

सफलले दुई दिनअघि सहकारी विभागमा उजुरी दर्ता गराएका छन् । उक्त उजुरीमा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीवी राई र तत्कालीन महाप्रबन्धक लामिछानेमाथि हदैसम्मको कारवाही माग गरिएको छ । इकान्तिपुर र कान्तिपुर दैनिकमा प्रकाशित समाचारलाई आधार बनाउँदै सफलले उजुरी दिएका हुन् ।

समाचारको हवाला दिँदै उनले बुटबलको सुप्रिम सहकारीबाट १० करोड ७४ लाख, सहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख र पोखराको सुर्यदर्शन सहकारीबाट ३० लाख रुपैयाँ गोरखा मिडियाले लिएको उल्लेख गरेका छन् ।

‘जीवी राई गोरखा मिडिया नेटवर्कको अध्यक्ष र रवि लामिछाने एमडीको जिम्मेवारीमा कायम रहेको बेलामा गैरकानूनी रुपमा सहकारीबाट रकम लिएर आजको दिनसम्म सहकारीको रकम नतिरी सहकारी ठगी, रकम हिनामिना समेत गरेको देखिन्छ ।

मिडियाका अध्यक्ष जीवी र एमडी रवि लामिछानेले गैरकानूनीरुपमा कम्पनीमा कर्जा लिएर नतिरी हजारों बचतकर्ताको खुन र पसिनामाथि खेलवाड गरेको अवस्था छ । अत निजहरुले उल्लेखित सहकारीबाट लिएको करिब ५२ करोडको सावाँ ब्याजसहितको हालसम्मको रकम सहकारीलाई फिर्ता गराउनसाथै हदैसम्मको कारवाही गर्न यो निवेदन पेस गरेको छु’, सफलको उजुरीमा लेखिएको छ ।

सफलले प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयमा पनि आज उजुरी दिएको बताए । सहकारी मन्त्रालयमा हिजो उजुरी लिएर गए पनि दर्ता गर्न आलटाल गरिएको बताए । अब सीआईबी जाने योजना रहेको उनले सुनाए । सफलले लामिछानेलाई पक्राउ गर्न पनि प्रहरी तयार हुनुपर्छ नत्र प्रमाण नष्ट गर्न सक्छन् भन्दै आएका छन् ।

images
प्रकाशित मिति :माघ ३, २०८० बुधवार - २१:३३:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology