Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

सबै स्थानीय तह र जिससलाई नेपाल संवत् उल्लेख गर्न संघीय मन्त्रालयको परिपत्र

सबै स्थानीय तह र जिससलाई नेपाल संवत् उल्लेख गर्न संघीय मन्त्रालयको परिपत्र

images
सबै स्थानीय तह र जिससलाई नेपाल संवत् उल्लेख गर्न संघीय मन्त्रालयको परिपत्र
images

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ स्थानीय तह र ७७ जिल्ला समन्वय समितिलाई आफ्नो लेटरहेडसहितका कागजातमा नेपाल संवत् उल्लेख गर्न आग्रह गरेको छ ।  सङ्घीय मन्त्रीपरिषद्ले गत २७ कात्तिकमा विक्रम संवत् उल्लेख हुने सरकारी कागजातमा नेपाल संवत् अनिवार्य लेख्ने निर्णय गरेसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको आग्रहमा निर्णय कार्यान्वयन गर्न सबै स्थानीय तह र जिससलाई मङ्गलबार पत्राचार गरेको हो । सरकारले नेपाल संवत् ११४४ देखि विक्रम संवत् उल्लेख भएका कागजातमा  नेपाल संवत् अनिवार्य उल्लेख गर्ने निर्णय गरेको थियो । 

मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले स्थानीय तह र जिससलाई गरेका पत्राचारमा स्थानीय तहका लेटरहेडलगायतमा नेपाल संवत् उल्लेख गरेको नपाइएकाले नेपाल संवत् कार्यान्वयन गर्न पत्राचार गरिएको बताउनुभयो । 

सरकारको निर्णयसँगै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले नेपाल संवत् लेख्ने विधि र तरिका यसअगाडि नै सरकारलाई सिफारिस गरिसकेको छ । 

images
प्रकाशित मिति :माघ ३, २०८० बुधवार - ०९:२४:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology