फिस्लिङ । चितवनको इच्छाकामना ३ स्थित फिस्लिङ मगर समाजले विभिन्न कार्यक्रम गरि माघे सङ्क्रान्ति पर्व मनाएका छन् । चुड्का लगायत विभिन्न सांस्कृतिक कार्यक्रम गरि माघे सङक्रान्ति पर्व मनाइएका हुन् । समाजले फिस्लिङ बजारमा -यालीसमेत निकालेका थिए ।
नेपाल मगर संघ इच्छाकामनाका गाउँ समन्वय समितिका अध्यक्ष जीत बहादुर मगरको प्रमुख आतिथ्यता तथा समाजसेवी लिलामाया थापा मगरको विशिष्ट ,नेकपा माओवादी केन्द्रका वागमती प्रदेशका सचिवालय सदस्य प्रताप गुरुङ, नेपाली कांग्रेसका महासमिति सदस्य तथा इच्छाकामना गाउँपालिकाका निवर्तमान अध्यक्ष गीता कुमारी गुरुङ, वडा नम्बर ३ का वडाध्यक्ष नर बहादुर नेपाल, र गण्डकी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष तूल बहादुर गुरुङ लगायतको आतिथ्यता रहेका थिए ।
फिस्लिङ मगर समाजका अध्यक्ष तूल बहादुर मगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।