चितवन । चितवनको इच्छाकामना गाउँपालिका ३ का स्थायी बासिन्दा राजकुमार गुरुङ ड्राइभिङ स्कुल संघ नेपालको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका छन् । संघ शनिबार चितवनमा सम्पन्न पाँचौं महाधिवेशनबाट गुरुङ अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
गुरुङ भरतपुरमा रहेको गुरुङ स्किल ड्राइभिङ ट्रेनिङ सेन्टर प्रालीका सञ्चालक एवं सघंको निवर्तमान केन्द्रीय समितिका उपाध्यक्ष थिए । नवनिर्वाचित अध्यक्ष गुरुङले संघलाई अगाडी बढाउन निम्नानुसारको प्रतिबद्धता व्यक्त गरेका छन् ।
– सङ्घको आफ्नै भवन निर्माण गर्न सरकारसँग जग्गा उपलब्ध गराउन पहल लिनेछु ।
– यातायात कार्यालयहरुमा सेवा प्रवाह गर्न छिटो भन्दा छिटो अनलाइन भुक्तानी सिस्टममा व्यवस्थित गर्न पहल गर्नेछु ।
– यातायात क्षेत्रमा भएका अनियमितता भष्ट्राचारहरुको अन्त्य गर्न पहल गर्नेछु ।
– हाम्रा जति पनि खोलिएका ड्राइभिङ संस्थाहरुलाई दर्ता गर्न, दर्ता प्रणाली खोकुलो नीति बनाउन पहल गर्नेछु ।
– साना तथा थोरै लगानीमा बनेका स्कूलहरुलाई व्यवस्थित गर्न सम्बन्धित निकायमा छलफल गरी प्रकृय बढाउने छु ।
– श्रमिकहरुको रोजगारीलाई बढावा दिनेछु । नेपाली दाजुभाइ, दिदीबहिनीहरुलाई विदेशिन नपरोस् भन्दै नेपालमै स्वरोजगार बनाउन आवश्यक नीतिको लागि पहल गर्नेछु ।
– देशमा रहेका विद्यमान कानुन अनुसार व्यवसाय गर्न सुनिश्चित गराउने छु ।
– विपन्न परिवारका लागि निःशुल्क सेवा प्रवाह गर्न पहल लिनेछु ।
– व्यवसाय हकहितका लागि कसैसँग गलत सम्झौता अनुसार व्यवसाय गर्न दबाब दिएको खण्डमा प्रतिवाद गर्ने छु ।
– सधैँ अग्र भागमा रहेर साथीहरुका आवाज बुलन्द गराउने प्रतिबद्धता यो कार्य योजना प्रस्तुत गर्दछु ।