Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

चितवनको खैरहनी ‘नवौं खिचरा महोत्सव’ सुरु

चितवनको खैरहनी ‘नवौं खिचरा महोत्सव’ सुरु

images

इच्छाकामना न्युज

२९, पौष २०८०
चितवनको खैरहनी ‘नवौं खिचरा महोत्सव’ सुरु
images

चितवन । थारु समुदायले मनाउने खिचरा पर्वको अवसर पारेर शनिबारदेखि चितवनको खैरहनी ‘नवौं खिचरा महोत्सव’ सुरु भएको छ । महोत्सवको बागमती प्रदेशका आर्थिक मालिला तथा योजना मन्त्री बाहादुरसिंह लामाले उद्घाटन गर्नुभयो । सो अवसरमा मन्त्री लामाले कला संस्कृति जगेर्ना गर्न थारु समुदायले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । आदिवासी थारु समुदायको मौलिक रहन सहन, पोशाक र परिकारहरु प्रबद्र्धनले बागमती प्रदेशको पर्यटन विकासमा टेवा पुग्ने बताउनुभयो ।

चितवनका आदिवासी सुमदाय थारुहरुले माघ एक गतेलाई नयाँ वर्षका रुपमा ‘खिचरा पर्व’ भनेर मनाउने गर्दछन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नम्बर ७ ले खिचराको अवसरमा हरेक वर्ष महोत्सव गर्दै आएको छ । यसबर्ष खैरहनी नगरपालिका वडा नम्वर ५ को गौचरनमा महोत्सव आयोजना गरिएको छ ।

आदिवासी थारु समुदायको कला संस्कार संस्कृति र परिकारलाई प्रबद्र्धन गर्न थारु कल्याणकारिणी सभाले खिचरा महोत्सव सुरु गरेको सभाका पुर्व जिल्ला अध्यक्ष टिकेन्द्र चौधरीले बताउनुभयो । महोत्सवमा थारु संस्कार संस्कृतिका साथै जिल्लाको कृषि र आर्थिक क्षेत्रलाई पनि टेवा दिन महोत्सव परिसरमा उद्योग, व्यपार, कृषि र पर्यटनसँग सम्बन्धित १५० वटा स्टलहरु राखिएको मुल आयोजक समितिका संयोजक रामेश्वर चोधरीले जानकारी दिनुभयो ।

यस्तै थारु समुदायका परिकारहरु घोँगी, हाँस, माछा, अनदी चामललाई बफाएर बनाइने परिकार चिच्चर र त्यसलाई भोर्ला या केराको पातमा बेरेर बनाएको पोका बेच्न राखेका खाना र परिकारका स्टलहरु पनि महोत्सवमा छन् । थारु समुदायका मौलिक गीत र नाँचहरु महोत्सवमा प्रस्तुत हुनेछन । पछिल्लो समय हराउँदै जान लागेका ठेकरा, झमटा, झुमरा, रसधारी, झररा, लाठी नाँच जस्ता साँस्कृतिक नृत्यहरु महोत्सव अवधिभर प्रस्तुत हुने संयोजक रामेश्वर चौधरीले बताउनुभयो ।

महोत्सव स्थलमा थारु समुदायको ब्रहृम थानदेखि हस्तकलाका सामाग्री र घोगी र चिच्चर पोकाको मुर्तीहरु प्रदर्शनीका लागि राखिएको छ । महोत्सव माघ १० गतेसम्म चल्ने छ ।

 
 

images
प्रकाशित मिति :पौष २९, २०८० आइतवार - ०९:२६:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology