काठमाडौं । हत्या आरोप लागेका रामबहादुर बम्जन पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले बम्जनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।
तपश्वीको भेषमा अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र बलात्कार गरेको आरोप उनी पक्राउ परेका हुन् । एक जना १८ वर्षीया युवतीले बम्जनले पटक,पटक बलात्कार गरेको भन्दै २०७५ सालमा उजुरी गरेकी थिइन् ।
यस्तै नेपाल प्रहरीको मकवानपुर, बारा र नुवाकोटस्थित जिल्ला प्रहरी कार्यालयमा ४ परिवारले आफन्त बेपत्ता भएको जाहेरी दिएका थिए ।