Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गण्डकी गाउँपालिकाको दर्बुङफाँट–कुलवेशी सडक स्तरोन्नतीको काम धमाधम हुदै, भौतिक प्रगति ५४ प्रतिशत

गण्डकी गाउँपालिकाको दर्बुङफाँट–कुलवेशी सडक स्तरोन्नतीको काम धमाधम हुदै, भौतिक प्रगति ५४ प्रतिशत

इच्छाकामना न्युज

२२, पौष २०८०
गण्डकी गाउँपालिकाको दर्बुङफाँट–कुलवेशी सडक स्तरोन्नतीको काम धमाधम हुदै, भौतिक प्रगति ५४ प्रतिशत
images

भुम्लिचोक । गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ५ स्थित दर्बुङफाँट–कुलवेशी सडक आयोजनाको काम धमाधम भइरहेको छ । हाल कटिङ, ग्याबिन, स्किन वाल, रिटेनिङ्ग वाल, क्रस ड्रेनेक वर्क, नाला लगायतका कामहरु अन्तिम चरणमा पुगेको गण्डकी गाउँपालिका भौतिक पुर्वाधार विकास तथा भवन नियमन शाखाका इन्जिनियर मिलन नेपालीले जानकारी दिनुभयो ।  उहाँका अनुसार उक्त सडकको भौतिक प्रगती ५४ प्रतिशत सम्पन्न भएको छ  ।  

images
images

२०७९ असारमा सम्झौता भई ९.५ किलोमिटरको सडक कालोपत्रे सहितको स्तरोन्नतीको काम भइरहेको छ । २८ करोडमा रायमाझी–कान्तिपुर जेभि काठमाडौँले ठेक्का पारी काम गरिरहेको छ ।  सम्झौता अनुसार २०८१ असार मसान्त सम्ममा कालोपत्रे सहित सडक स्तरोन्नती सम्पन्न गर्नुपर्ने वडा नम्बर ५ का वडाध्यक्ष पहलमान बयलकोटीले बताउनुभयो ।   

images
प्रकाशित मिति :पौष २२, २०८० आइतवार - २२:२७:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology