Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

आँबुखैरेनी गाउँपालिकाद्वा सामुदायिक विद्यालयमा विद्यार्थी पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमा गरिदिने

आँबुखैरेनी गाउँपालिकाद्वा सामुदायिक विद्यालयमा विद्यार्थी पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमा गरिदिने

images

इच्छाकामना न्युज

२२, पौष २०८०
आँबुखैरेनी गाउँपालिकाद्वा सामुदायिक विद्यालयमा विद्यार्थी पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमा गरिदिने
images

आबुँखैरेनी । आबुँखैरेनी गाँउपालिकाले सामुदायिक विद्यालयमा पढ्नेका अभिभावकको निशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ । समुदायीक शिक्षा सुधार कार्यक्रम अन्तर्गत पालिकाले यो कार्यक्रम सञ्चालन गर्न लागेको हो । कार्यक्रम अन्तर्गत पहिलो चरणमा यसै वर्ष पालिकाको भौगोलिक बिकट तथा आर्थिक रूपले पिछड़िएको क्षेत्र वडा न ४, ५ र ६ गरी ३ वटा वडाहरुमा यो कार्यक्रम सञ्चालन गर्न लागीएको हो ।

गाऊँपालिकाको स्वीकृत नीति तथा कार्यक्रम बमोजिम सामूदायीक बिध्यालयमा अध्ययनरत बिद्यार्थी,अभिभावकहरुको स्वास्थ्य बीमा गर्ने कार्यक्रम सञ्चालन गर्न लागीएको गाँउपालिकाकाका अध्यक्ष शुक्त चुमानले बताए । कार्यक्रम संचालनका लागि गाँउपालिकाले आवश्यक नियम कानून निर्माण र बजेट व्यवस्थापन गरिसकेको र कार्यक्रम संचालन गर्नको लागी सम्बन्धित बिद्यालयको सिफारिस सहित वडाहरुबाट बिद्यार्थी र उनीहरुको अभिभावकको विवरण सहितको सिफारिस संकलन गर्ने, बीमा फर्म भर्ने, बीमा नवीकरण गर्ने कार्य अगाढी बढाएको अध्यक्ष चुमानले बताए ।

गाँउपालिकाले माघ महीना सम्ममा पालिकाको वडा नं। ४, ५ र ६ न वडाका सम्पूर्ण बिद्यार्थी र उनीहरूको अभिभावकको स्वास्थ्य बीमा गर्ने कार्य सम्पन्न हुनेछ । पालिकाले आगामी बर्षहरुमा प्राथमिकताको आधारमा अन्य वडाहरुमा पनी यो कार्यक्रम विस्तार गर्ने लक्ष्य राखेको पालिकाका प्रमुख प्रशासकीय अधिकउत विष्णु प्रसाद शार्माले बताए ।

पालिकाले सामुदायीक शिक्षा सुधार कार्यक्रम अंतर्गत गत बर्षदेखि नै विद्यालयहरुको ब्क उसर टेष्ट, पोशाक वितरण, फर्नीचर वितरण, तख वितरण, दिवा खाजा ब्यबस्थापन,कक्षा ६०, कक्षा १२ सम्म निःशुल्क शिक्षा, बिद्यालय भवन मर्मत, विपन्न बिद्यार्थीहरुलाई स्कूल ड्रेस, स्टेशनरी सामग्रीरखाद्यान्न व्यवस्थापन, निःशुल्क बिद्यालय बस व्यवस्थापन जस्ता कार्यक्रम सञ्चालन गर्दै आईरहैको छ । उद्घोष न्युजबाट

images
प्रकाशित मिति :पौष २२, २०८० आइतवार - २१:५६:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology