Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

देशको अर्थतन्त्र लयमा फर्किएको छ : अर्थमन्त्री प्रकाशशरण महत

देशको अर्थतन्त्र लयमा फर्किएको छ : अर्थमन्त्री प्रकाशशरण महत

images

इच्छाकामना न्युज

२१, पौष २०८०
देशको अर्थतन्त्र लयमा फर्किएको  छ : अर्थमन्त्री प्रकाशशरण महत
images

चितवन । अर्थमन्त्री प्रकाशशरण महतले देशको अर्थतन्त्र लयमा फर्किएको बताएका छन् । उद्योग वाणिज्य संघ चितवनको ५७औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रमा बोल्दै अर्थमन्त्री महतले कोभिडकालको असरले केही समय अर्थतन्त्र संकटमा परे पनि हाल लयमा फर्किसकेको दाबी गरेका हुन् । देशको मौद्रिक नीतिमा सुधार भएको बताउँदै उनले भने, ‘ब्याजदर हिजोको तुलनामा केही घटेको छ । बिस्तारै जग्गा कारोबार पनि बढ्दै गएको छ । तर, हिजोको जस्तो अथाह बढ्छ भन्ने सोच्नु हुँदैन ।’ 

यतिबेला देशको अर्थतन्त्र लयमा फर्किँदै गर्दा विप्रेषण सबैभन्दा माथि रहेको पनि उनले दाबी गरे । उद्योगी, व्यवसायीले मूल्य वृद्धि बढ्दै गएको हल्ला फैलाए पनि वास्तविकतामा मूल्य वृद्धि विगतको तुलनामा घटेको उनले दाबी गरे । ‘हिजो सालाखालामा ८ प्रतिशतसम्म मूल्य वृद्धि भएको थियो । तर, यतिबेला ५ प्रतिशतमा झरेको छ,’ उनले भने, ‘त्यसकारण यतिबेला मूल्यवृद्धि बढेको होइन, घटेको हो ।’

यो बीचमा उद्योगी व्यवसायी समस्यामा पर्नुको कारण खुलाउँदै अर्थमन्त्री महतले थप्दै गए, ‘केही व्यवसायी अझै पनि अप्ठ्यारोमा छन् । त्यसको कारण भनेको कोभिडकाल र त्यसभन्दा अघि राष्ट्र बैंकले प्रवाह गरेको ठूलो कर्जा प्रवाह हो ।’ 

त्यतिबेला लिएको अधिकांश ऋण सेयरमार्केट र जग्गा कारोबारमा लगानी गर्दा समस्यामा परेको उनले बताए । ‘जग्गा र सेयर बजारको मूल्य सधैँ बढ्छ भन्नु गलत हो,’ उनले भने, ‘आज पनि बढेकै छ, भोलि पनि बढ्ने नै छ, ऋण तिर्न गाह्रो हुँदैन भन्ने सोचेर बस्दा न्युयोर्कको रियलस्टेटभन्दा महँगो हुन थालेपछि त्यसको असर कहाँ पर्छ भन्ने कुरा बुझ्नुपर्छ ।’ बैंकबाट ऋण लिएर लगानी गर्दा त्यसबाट प्रतिफल आउन नसकेपछि व्यवसायीमा छटपटी सुरु भएको उनको भनाइ छ ।  

images
प्रकाशित मिति :पौष २१, २०८० शनिवार - २२:४५:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology