Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

मुग्लिन–आँबुखैरेनी सडकखण्ड अन्तर्गत मर्स्याङ्‍दी नदी पारी नयाँ सडक बनाइँदै

मुग्लिन–आँबुखैरेनी सडकखण्ड अन्तर्गत मर्स्याङ्‍दी नदी पारी नयाँ सडक बनाइँदै

images

इच्छाकामना न्युज

२०, पौष २०८०
मुग्लिन–आँबुखैरेनी सडकखण्ड अन्तर्गत मर्स्याङ्‍दी नदी पारी नयाँ सडक बनाइँदै
images

मुग्लिन । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा मर्स्याङ्‍दी नदी पारी नयाँ सडक निर्माण गरिने भएको छ । मुग्लिङ–आँबुखैरेनी सडकखण्ड अन्तर्गत कुल ९ दशमलव ३८४ किलोमिटर सडक रहेको छ । जसमध्ये मर्स्याङ्‍दी नदी पारी ४ दशमलव ४५६ किलोमिटरमा नयाँ सडक निर्माण गर्न लागिएको हो । सो प्रयोजनका लागि वातावरणीय प्रभाव मूल्यांकन पूरा गरी आयोजनाले स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पेश गरेको छ । यो आयोजनाको सुरुवात मुग्लिङस्थित नारायणगढ चोकमा पर्छ । यहाँबाट सुरु भई तनहुँको आँबुखैरेनीमा पुगेर सम्पन्न हुन्छ ।

यो मुग्लिन–पोखरा सडक खण्डको एक खण्ड हो । आँबुखैरेनीबाट पोखरासम्म अहिले धमाधम सडक विस्तारको काम भइरहेको छ । आयोजनाका अनुसार अहिले सुचारु अवस्थामा रहेको मुग्लिन–आँबुखैरेनी सडकलाई स्तरोन्नति गरी एक लेन (एकतर्फीं) बनाइने छ । मर्स्याङ्‍दी पारी भने दुई लेन एकतर्फी बाटो बनाइने भएको छ । त्रिशूली नदी र मर्स्याङ्‍दी नदी गरी दुई स्थानमा बन्ने पुलले यो आयोजनालाई जोड्नेछ । यो आयोजनाले गोरखा जिल्लाको इच्छाकामना र शहीद लखन गाउँपालिकालाई छुने छ । आयोजनाको कुल लागत ३ अर्ब ९७ करोड ४७ लाख २१ हजार रहेको छ ।

पृथ्वी राजमार्गमा रहेको मर्स्याङ्‍दी जलविद्युत् आयोजनाको कम्पोनेन्टका कारण साविकको सडकमा विस्तार गर्न असम्भव भएसँगै यो आयोजनाका लागि मर्स्याङ्‍दी पारी नयाँ लेन बनाउन लागिएको आयोजनाले जनाएको छ । साविकको सडकमा अस्तव्यस्त भिरालो जमिन रहेको तर गोरखातर्फको भागमा सडक बनाउँदा जलविद्युत् आयोजनाका कुनै पनि भागमा क्षति पुर्‍याउन नपर्ने भन्दै नयाँ सडक बनाउन लागिएको आयोजनाको भनाइ छ ।

 

images
प्रकाशित मिति :पौष २०, २०८० शुक्रवार - २२:१७:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology