आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ साँखरमा सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना हुदैछ । ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नाराका साथ तमू ल्होसारको अवसरमा पुलजीप युवा क्लवको आयोजनामा भोलीदेखि दोस्रो पुलजीप ल्होसार कप फुटबल प्रतियोगिता–२०८० सुरु हुन लागेको हो ।

प्रतियोगिताको पहिलो दिन ६ टिम बिच ३ खेलको प्रतिस्पर्धा हुने आयोजक पुलजीप युवा क्लवका अध्यक्ष विजय गुरुङले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको पहिलो दिन पहिलो खेल पुलजीप युवा क्लव (निलो) र भवानीटार युवा क्लव गोरखा बिच १ बजे, दोस्रो खेल इलाका प्रहरी कार्यालय आँबुखैरेनी र नव आदर्श युवा क्लव (ग) साँखर बिच २ बजे, तेस्रो खेल त्रिवेणी युवा क्लव मुग्लिन र राइजिङ स्टार क्लव कुरिनटार बिच ३ बजे हुनेछ ।
अहिलेसम्म २२ टिमले नाम दर्ता गरेको प्रतियोगितामा भोलीसम्म पनि टिम दर्ता गर्न सकिने अयोजक क्लवका अध्यक्ष गुरुङ जानकारी दिए ।