Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

विदेश पठाइदिन्छु भन्दै दश करोड ठगी गर्ने पक्राउ

विदेश पठाइदिन्छु भन्दै दश करोड ठगी गर्ने पक्राउ

इच्छाकामना न्युज

१८, पौष २०८०
विदेश पठाइदिन्छु भन्दै दश करोड ठगी गर्ने पक्राउ
images

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु १० करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

images
images

प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम असुल्दै आएका ललितपुरको कोन्ज्योसोम गाउँपालिका–१ का ४७ वर्षीय लालबहादुर लामालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार काठमाडौँको महाराजगञ्जमा सी स्टार ट्रेनिङ सेन्टर सञ्चालन गरेका लामाले लिथोनिया, क्यानडा, सिङ्गापुरलगायत देशमा आकर्षक पारिश्रमिक पाइने प्रलोभन दिँदै विभिन्न व्यक्तिसँग सो रकम असुलेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

लामालाई प्रहरीले काठमाडौँ महानगरपालिका–३१ शङ्खमूलबाट पक्राउ गरेको हो । उनले पीडित व्यक्तिबाट रु पाँच लाखदेखि रु १५ लाखसम्म असुल्दै वैदेशिक रोजगारमा पठाउन नसकेको र कतिपय व्यक्तिलाई सिङ्गापुर पुगेपछि विमानस्थलबाटै नेपाल फर्काइएको अनुसन्धानको क्रममा खुलेको प्रवक्ता रेग्मीले बताउनुभयो ।

प्रहरीले उक्त ट्रेनिङ सेन्टरबाट नौ सय ९७ थान राहदानी समेत बरामद गरेको छ । पक्राउ परेका लामालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :पौष १८, २०८० बुधवार - ०८:४८:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology