Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामनाका विद्यालयहरुमा खानेपानी तथा स्वच्छता तीन तारे पद्धति कार्यक्रम सुरु

इच्छाकामनाका विद्यालयहरुमा खानेपानी तथा स्वच्छता तीन तारे पद्धति कार्यक्रम सुरु

images

इच्छाकामना न्युज

१२, पौष २०८०
इच्छाकामनाका विद्यालयहरुमा खानेपानी तथा स्वच्छता तीन तारे पद्धति कार्यक्रम सुरु
images

कुरिनटार । इच्छाकामनाका विद्यालयहरुलाई तीन तारे पद्धतीमा स्तरोन्नती गरिने भएको छ । गाउँपालिका र वाइनटु वाटरको  आर्थिक सहयोगमा तीन तारेमा स्तरोन्नतीका लागि विद्यालय खानेपानी तथा स्वच्छता तीन तारे पद्धति कार्यक्रम सुरु गरिएको हो । पहिलो चरणमा तीन विद्यालयमा उक्त कार्यक्रम सुरु गरिएको हो ।

यो कार्यक्रम राष्ट्रिय मावि इच्छाकामना ६ ढुंग्रे,राष्ट्रिय आधारभूत विद्यालयमा इच्छाकामना २ मायाटार र राष्ट्रिय आधारभूत इच्छाकामना ६ पैरेनीमा पहिलो चरणमा कार्यक्रम सञ्चालन हुने छ । उक्त कार्यक्रमका लागि राष्ट्रिय मावि ढुंग्रेका प्रधानाध्यापक विश्वनाथ गुरुङ,राष्ट्रिय आधारभूत विद्यालय मायाटारका पदम बहादुर चेपाङ र राष्ट्रिय आधारभूत विद्यालय पैरेनीका  प्रधानाध्यापक  देव कुमार कुमार गुरुङ, गाउँपालिकाका तर्फबाट  अध्यक्ष दान बहादुर गुरुङ उपाध्यक्ष माया सिलवाल र प्रमुख प्रशासकिय अधिकृत  र वाइनटु वाटरका प्रोग्राम म्यानेजर याग्राज जोशी र वाइनटु वाटर  टुरिजम कोर्डिनेटर गृहेन्द्रराज वलीको उपस्थितिमा त्रिपक्षीय सम्झौता गरिएको  वाइनटुवाटरका सामाजिक परिचालक विरु  गुरुङले जानकारी दिनुभयो । 

गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले विद्यालय सरसफाई, खानेपानी तथा स्वच्छता प्रवर्द्धन निकै महत्वपूर्ण विषय भएको बताउनुभयो । उहाँले विद्यालयमा  कार्यक्रम सफल भए समुदायमा सकरात्मक प्रभाव पर्ने बताउनुभयो । यसले विद्यालय हुँदै समाजसम्म सकारात्मक प्रभाव पर्ने  उहाँको भनाई छ ।  तीन विद्यालयमा सफल भएपछि अन्य विद्यालयहरुमा यो कार्यक्रम लैजाने  बताउनुभयो । 

विद्यालय विद्यालय खानेपानी सरसफाई तथा स्वच्छता तीन तारे पद्धति सम्बन्धि एक दिने अभिमुखीकरण

यसैबिच शिक्षक विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि,जनप्रति  विभिन्न शाखाका कर्मचारी लगायत सरसफाई अभियानताहरुलाई विद्यालय खानेपानी सरसफाई तथा स्वच्छता तीन तारे पद्धति सम्बन्धि एक दिने अभिमुखीकरण दिइएको छ । 
कार्यक्रममा विद्यालयलाई  खानेपानी सरसफाई तथा स्वच्छता तीन तारे घोषणाका लागि  अपनाउनुपर्ने आश्यक सुचकहरुका बारेमा जानकारी गराएका थिए । खानेपानी, शौचालय, सरसफाई स्वच्छता हरियाली वातावरण, शिक्षा, महिला स्वच्छता व्यवस्थापन, संस्थापन व्यवस्थापन, विपत जोखिम व्यवस्थापन, अनुगमन तथा जवाफदेहीता लगायतका १० ओटा सूचकहरु पूरा भएपछि विद्यालयलाई तीन तारे घोषणा गरिने वाइनटु वाटरका प्रोग्राम म्यानजेर यग्यराज जोशीले बताउनुभयो । 

गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको प्रमुख अतिथि उपाध्यक्ष माया सिलवाल र प्रमुख प्रशासुकिय अधिकृत जगतप्रसाद भुषालको विशिष्ट अतिथि तथा  वाइनटुवाटरका  प्रोग्राम म्यानेजर याग्राज जोशीको सभापतित्वमा कार्यक्रम सम्पन्न  भएको हो ।  
तीन तारे विद्यालय घोषणाका लागि आवश्यक मापदण्ड
सूचक १, पानी :  सबै बालबालिकाहरुको पहुँच सहितको पिउन र सरसफाइका लागि सुरक्षित र पर्याप्त पानीको उपलब्धता (प्रति व्यक्ति दैनिक १२ लि.) 
सूचक २, शौचालय :  सुरक्षित स्थानमा बाल, लैङ्गिक, अपाङ्गता र वातावरणमैत्री (२५ छात्रा र ४० छात्रहरुको अनुपातमा) पर्याप्त पानी सहितको सुधारिएका तथा सुचारु शौेचालयको सुविधा सहित दिसा, पिसाबको सुरक्षित निकासको व्यवस्था मिलाइएको ।

सूचक ३, वातावरणीय सरसफाइः सामग्रीहरूको प्रयोग घटाउने, पुनःप्रयोग गर्ने र पुनःचक्रणको पद्धति लागू गरी फोहोरको व्यवस्थापन गरिएको ।
सूचक ४, सफा र हरियाली वातावरणः विद्यालयभित्रको उपयुक्त खाली जमिनमा वृक्षरोपण र बगैँचा र करेसाबारीको विकास गरिएको ।
सूचक ५ ,स्वच्छता सुविधाःसमूहमा साबुन पानीले हात धुने स्थायी सुविधा (छात्रा ४० र छात्र ६० को अनुपातमा एक धारा) मा सबैको सहज पहुँच सहित प्रयोग भई नाली वा सोकपिट वा बगैचा वा करेसाबारीमा पानीको निकासको व्यवस्था गरिएको ।
सूचक ६, स्वच्छता शिक्षाः स्वास्थ्य तथा वातावरण विषयमा विद्यार्थीहरूको व्यक्तिगत सरसफाइ र स्वच्छता व्यवहार (समूहमा हात धुने, व्यक्तिगत सरसफाइ र शौचालयको सरसफाइ गर्ने) का आधारमा अङ्क दिने पद्धतिको अवलम्बन गरिएको ।
सूचक ७, महिनावारी स्वच्छता व्यवस्थापन सुविधाः छात्राहरूले पुन प्रयोग गर्ने महिनावारी सामग्री तयार वा प्रयोग गर्ने सीप सिकी वा स्वस्थकर महिनावारी सामग्री प्रयोगमा ल्याएका र महिनावारी स्वच्छता सुविधाहरू सञ्चालनमा रहेको ।
सूचक ८, संस्थागत व्यवस्था र दिगोपनाः नियमित मर्मत सम्भारका लागि मर्मत सम्भार कोषको व्यवस्था, आवश्यक सीप र जगेडा औजारहरूको व्यवस्था भएको र नियमित रूपमा तालिका अनुसार शौचालय, पानी टंकी, फिल्टर र हातधुने ठाउँको सरसफाइ गर्ने गरिएको ।
सूचक ९, विपद जोखिम व्यवस्थापनः खानेपानी तथा सरसफाइका संरचनाहरू नेपाल सरकारको स्वीकृत मापदण्ड (विपद जोखिम न्यूनीकरण) अनुसार निर्माण भएको ।
सूचक १०, अनुगमन तथा जवाफदेहिता :  खानेपानी, सरसफाइ तथा स्वच्छता र महिनावारी स्वच्छता सम्पर्क शिक्षकको सहजीकरणमा खानेपानी, सरसफाइ तथा स्वच्छता कर्नर (सम्बन्धित पुस्तक, पत्रिका, पोष्टर, सूचना तथा जानकारीमूलक सामग्री र महिनावारी सामग्री) को स्थापना गरिएको ।

images
प्रकाशित मिति :पौष १२, २०८० बिहिवार - २१:५०:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology